बाबुराम- उपेन्द्रलाई जानकारी नदिई ठाकुर-महतो समूहले बोलायो जसपा संसदीय दलको बैठक – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

बाबुराम- उपेन्द्रलाई जानकारी नदिई ठाकुर-महतो समूहले बोलायो जसपा संसदीय दलको बैठक


नयाँ विकल्प,


काठमाडाैं- जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले संसदीय दलको बैठक बोलाएको छ।

नयाँ सरकार गठनको विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हाे ।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई भने बैठकबारे जानकारी गराइएको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजपाकाे राजेन्द्र- ठाकुर पक्षबीच संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति गरेको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच भएको भेटमा यस्तो सहमति भएको हो।

एमालेको नेतृत्वमा सरकार बनाउन अर्को पार्टीका १५ जना सांसदको समर्थन भए पुग्छ।

सम्बन्धित समाचार

सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
  • २०७८ जेष्ठ ७, ०९: १६

काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...

रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले उठायो प्रश्न
रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले उठायो प्रश्न
  • २०७८ जेष्ठ ७, ०९: १६

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३५ हजार भन्दा बढी बालबालिकालाई...

विश्वकप २०२६ : राउण्ड अफ ३२ को-को भिड्दैछन् ?
विश्वकप २०२६ : राउण्ड अफ ३२ को-को भिड्दैछन् ?
  • २०७८ जेष्ठ ७, ०९: १६

काठमाडौं : उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू...