देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय जाँदै विपक्षी सांसद – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय जाँदै विपक्षी सांसद


नयाँ बिकल्प,
काठमाडौं । नयाँ सरकार गठनका गर्न राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा विपक्षी दलहरुको गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसक संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै राष्ट्रपति कार्यालय गएका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो तीन बजेदेखि बसेको विपक्षी गठबन्धनको सहमति अनुसार कांग्रेसका सभपाति तथा दलका नेता देउवा, नेकपा माओबादी संसदीय दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजबादीका अध्यक्ष डा. बाबुराम भट्टराई र सत्तारुढ नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार शितल निवासतर्फ लागेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकारको दाबी गर्नका लागि बहुमत सदस्यको हस्ताक्षर भइससकेको छ । स्रोतका अनुसार नयाँ सरकार गठनका गर्न नेपाली काग्रेसका ६१ जना, माओबादीका ४८ जना, जसपाका १४ जना र एमालेका २७ सांसदको हस्ताक्षरसहित नेताहरु शितल निवास गएका हुन् ।

यसअघि उनीहरुले कांग्रेस सभापति देउवाको निवास बुढानिलकण्ठमा छलफल गरेका थिए। बुढानीकण्ठको बैठकपछि विपक्षीहरु आ–आफ्नो दलमा आन्तरिक छलफल गरेर पुनः सिंहदरबारमा छलफलमा जुटेका थिए ।

देउवा निवासमा भएको बैठकमा प्रधानमन्त्रीमा एमालेकै बरिष्ठ नेता माधवकुमार नेपालाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने विषयमा छलफल भएको थियो । तर, नेपालको नाम अघि सार्ना साथ एमाले संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री ओलीलाई निलम्बन गर्नसक्ने आशंका भएपछि सो प्रस्तावबाट पछि हटेका थिए ।

विपक्षी दलबीच राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा समेत छलफल भएको थियो । तर प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा ति दुवै प्रस्तावलाई निष्तेज बनाउन सक्ने भन्दै विपक्षी दलका नेताहरुले सरकार निर्माणकै लागि प्रयास गरेका हुन् ।

एमालेका वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्रीमा विपक्षी गठबन्धनले प्रस्ताव गर्नेबित्तिकै बहुमत पुग्ने सम्भावना देखिएपछि विपक्षी गठबन्धन छलफलमा जुटेका थिए ।

अहिले संविधानको धारा ७६ को ५ अनुसार बन्ने सरकारमा पार्टीको ह्वीप नलाग्ने भएकाले विपक्षी गठबन्धनले उक्त प्रयास गरेको हो ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ ७, १६: ०१

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ ७, १६: ०१

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ ७, १६: ०१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...