प्रधानमन्त्रीमा ओली र देउवाको दाबीः राष्ट्रपतिले दाबीको आधार अध्ययन गर्ने – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

प्रधानमन्त्रीमा ओली र देउवाको दाबीः राष्ट्रपतिले दाबीको आधार अध्ययन गर्ने


नयाँ बिकल्प,
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि आव्हान गरेको समय भित्र एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शार्म ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले दाबी पेश गरेका छन् ।
राष्ट्रपति भण्डारीले बिहीबार विश्वासको मत प्राप्त गर्न सक्ने आधार पेश गर्न प्रतिनिधिसभा सदस्यहरुलाई दाबी पेश गर्न आव्हान गरेकी थिइन । आज साँझ ५ बजेभित्र दाबी पेश गर्न भनिएकोमा ओलीले ४ बजे र देउवाले साडे ४ बजे दाबी पेश गरेका छन् ।
देउवाले कांग्रेस,माओवादी,जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका माधव नेपाल पक्षको समर्थनमा १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् । तर त्यसअघि नै ओलीले एमालेका १२१ जना र जसपाका ३२ जना सांसदको समर्थन रहेको दाबी गरेका थिए ।
ओलीलाई जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले पार्टीको समर्थन रहेको लिखित पत्र दिएका थिए । तर देउवाले भने काग्रेसका ६१, माओबादी ५९, राजपाका १४ र एमालेका २७ जना सांसदको हस्ताक्षरसहितको दाबी पेश गरेका छन् ।
दुई सय ७४ जना सासद प्रतिनिधिसभामा बहाल छन् तर प्रधानमन्त्री ओलीले देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदलाई पनि आफ्नै पक्षको भनेर दाबी गरेका छन् ।
दुवै पक्षले बहुमत दावी गरेकाले अब राष्ट्रपतिले दुवैले प्रस्तुत गरेको आधार अध्ययन गर्ने राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकारले जनाएका छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार अध्ययनका लागि केही समय लाग्ने भएको छ । उनले कानूनी सल्लाहपछि मात्र निर्णय पुग्ने तयारी गरेकी छन् ।
बिहीबार मात्र आफू अल्पमतमा परेको भन्दै मार्ग प्रशस्त गर्न मन्त्रिपरिषद्बाट समेत निर्णय गरी राष्ट्रपतिलाई सिफारिस गरी पठाएका प्रधानमन्त्री ओलीले भोलीपल्टै आफ्नो पक्षमा बहुमत रहेको दाबी पेश गरेर राजनीतिमा बेइमान संस्कारको नजिर प्रस्तुत गरेको भन्दै राजनीति बृत्तमा टिप्पणी हुन थालेको छ ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ ७, १७: ५०

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ ७, १७: ५०

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ ७, १७: ५०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...