कोरोनाबाट नेपालमा थप १७७ जनाको मृत्यु, मृतकको कूल संख्या ६ हजार २४ पुग्यो – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

कोरोनाबाट नेपालमा थप १७७ जनाको मृत्यु, मृतकको कूल संख्या ६ हजार २४ पुग्यो


नयाँ बिकल्प,
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या छ हजार २४ पुगेको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय ७७ जनाको मृत्यु भएको छ ।

शुक्रबार मात्र नेपालमा सात हजार आठ सय ९० जना कोरोनाका संक्रमित निको भएका छन् । योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको सख्या तीन लाख ७४ हजार जना पुगेको छ ।

शुक्रबार नेपालमा आठ हजार छ सय सात जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सक्रिय संक्रमित संख्या एक लाख १६ हजार पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार २२६ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । संक्रमित संख्या ४ लाख ९७ हजार पुगेको छ ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ ७, १८: ३०

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ ७, १८: ३०

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ ७, १८: ३०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...