
नयाँ बिकल्प,
काठमाडौ । नेपाली विद्यार्थी संघले प्रतिनिधि सभाको विघटन घोर असंवैधानिक,अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य भएको ठहर गर्दै त्यसका बिरुद्ध राजनीतिक र न्यायिक लडाईंका लागि तयार हुन विद्यार्थीहरुलाई आव्हान गरेको छ ।
नेविसंघ अध्यक्ष राजिप ढुंगानाले शनिबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीे षडयन्त्र र पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न उद्दत रहेको आरोप लगाउँदै सो कदमको घोर भत्र्सना र निन्दा गरेका छन् ।
अध्यक्ष ढुंगानाले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायिक लडाई नै अबको मार्गचित्र भएको र फेरि एकपटक प्रतिगमनका बिरुद्ध शसक्त संघर्ष गर्नेपर्ने अवस्था आएको बताएका छन् ।
नेविसंघ महामन्त्री बलदेव तिमिल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीको मतियार बन्दै राष्ट्रपतिले आफ्नो विवेक गुमाएपछि फेरि देश र जनताको लामो बलिदान तथा संघर्षबाट प्राप्त उपलब्धि बर्वादीतर्फ धकेलिएको प्रतिक्रिया दिएका छन् ।
महामन्त्री तिमिल्सिनाले मध्यरातमा प्रतिनिधि सभा विघटन गरेर ओली रबैयाको रबर स्ट्याम्प बनेकी विद्यादेवी भण्डारीले फेरि पनि राष्ट्रपति पद र प्रतिष्ठाको मजाक उडाएको आरोप लगाए ।
उनले भने ‘कोभिड १९ माहामारीको आतंक फैलिरहेको विषम परिस्थतिमा जनताप्रति उत्तरदायी हुनुपर्नेमा रातारात प्रतिनिधी सभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिगामी कदम अलोकतान्त्रिक, असंवैधानिक र अनैतिक छ ।’
उनले बेमौसमी चुनावको बखेडा ल्याएर संविधान मास्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको हत्या गर्ने प्रपन्चमा लागेका ओलीको मतियार बनेर दासत्व सुईकार्ने मन्त्रीपरिषद र राष्ट्रपति इतिहासकै सबैभन्दा विवेकहीन र नालायक भएको बताए ।

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...