
नयाँ विकल्प,
काठमाडाैं-सिद्धार्थ राजमार्गको बुटवल-दोभान सडक खण्डमा सुरूङ मार्ग बनाउन सरकारले टेन्डर आह्वान गरेको छ। भौतिक पूर्वाधार मन्त्रालयले ४५ दिनको समय सीमा तोकेर सूचना प्रकाशित गर्दै टेन्डर आह्वान गरेको हो।
गत वर्ष नै अर्थ मन्त्रालयले सुरूङ मार्ग बनाउन १० अर्ब १५ करोडको बजेट स्वीकृत गर्दै र सोही बजेटको सीमाभित्र रहेर खरिद प्रक्रिया अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई भनेको थियो। आइतबार ग्लोबल टेन्डर आह्वान गरिएपछि अब सुरूङ मार्ग निर्माण हुने पक्का भएको हो।
सरकारले सुरूङ मार्गका लागि १० अर्ब १५ करोडको बजेट स्वीकृत गर्दै गत वर्ष नै ३३ करोड छुट्याएको थियो, तर टेन्डर हुन नसक्दा काम अगाडि बढाउन सकिएको थिएन।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...