
नयाँ विकल्प
काठमाडाैं- जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
शनिबार बसेको अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई पक्षमात्र सहभागी भएको बैठकले चार नेतामाथि स्पष्टीकरण सोध्ने र केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिगामी कदमलाई साथ दिनेहरूमाथि छानबिन गर्ने निर्णय गरेको हो।
पार्टी नीतिविपरीत कार्य गर्ने नेताहरूमाथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय जसपाकाे कार्यकारीणी बैठकले गरेकाे छ । ५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा यादव र भट्टराई पक्षको स्पष्ट बहुमत छ।
उक्त बैठकले अध्यक्ष महन्थ ठाकुरलाई पार्टीको निर्णयविपरित ओलीलाई प्रधानमन्त्रीमा आफ्नो दलको समर्थन छ भन्ने पत्र राष्ट्रपति कार्यालयमा बुझाएकोबारे स्पष्टीकरण सोधेको हो।
त्यस्तै नेता राजेन्द्र महतोलाई संसदीय दलको विधान नै नबनी आफू संसदीय दलको नेता चुनिएको भनेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको स्पष्टीकरण सोधिएको हो।
नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई सरकारले बनाएको संविधान संशोधन कार्यदलमा बसेकोबारे स्पष्टीकरण सोधिएको हो। यसअघि सरकारले नेकपा एमालेका तीन जना र जसपाका कर्ण र शुक्ल सदस्य भएको संविधान संशोधन कार्यदल बनाएको थियो।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...