इमाडोलको सेनिटाइजर उद्योगमा प्रहरी र औषधी व्यवस्था विभागकाे छापा – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

इमाडोलको सेनिटाइजर उद्योगमा प्रहरी र औषधी व्यवस्था विभागकाे छापा


नयाँ विकल्प,


काठमाडाैं- इमाडोल सितलहाइटमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा महानगरीय अपराध महाशाखा र औषधी व्यवस्था विभागको टोलीले आइतबार छापा मारेको छ ।

मानव स्वास्थ्यमा हानिकारक मिथानोल अल्कोहल अत्यधिक प्रयोग गरिएको स्यानिटाइजर कम्पनीमा प्रहरीले छापा मारेको हाे

उक्त कम्पनीले उत्पादन गरिरहेको प्लस ७५ प्रतिशत सेनिटाइजर बजारमा बिक्री वितरण भइरहेको थियो।

सो सेनिटाइजरमा मानव स्वास्थ्यका लागि हानिकारक विषादी मिथानोल अल्कोहल रहेको आशंकामा औषधी व्यवस्था विभागको ल्याबमा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा प्रयोग गर्न नमिल्ने रिपोर्ट आएपछि छापा मारिएको महाशाखा प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले बताए।

उनका अनुसार कम्पनीका सञ्चालक आशिष प्याकुरेल पक्राउ परेका छन्। कम्पनीमा तीस चालीस हजार लिटर सेनिटाइजर फेला परेका छन्।

‘ती सबै सेनिटाइजरको गणना र मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएकाे छ । महाशाखा प्रमुख एसएसपी खापुङ, प्रहरी उपरीक्षक कोइराला, प्रहरी उपरीक्षक कृष्ण पंगेनी, मुद्दा शाखाका प्रमुख प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीलगायत महाशाखाको टोली नै उक्त कम्पनीमा गएको छ।

विभागको ल्याबबाट प्राप्त रिपोर्टमा सेनिटाइजरमा २४ प्रतिशतसम्म मिथानोल अल्कोहलको मात्रा देखिएको छ। जुन, मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिने हुनाले विभागले प्रयोग गर्न नमिल्ने बताएकाले विभागकै उपस्थितिमा कारखानामा छापा मारिएको प्रहरीले जनाएकाे छ ।

सेनिटाइजरमा इथानोल अल्कोहलको प्रयोग हुन्छ। मिथानोल अल्कोहलले मानिसको आँखा, छाला, फोक्सोलगायत अंगलाई क्षति गराउने र ज्यानसम्म जानसक्ने विभागको भनाइ छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ ९, १६: ३८

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ ९, १६: ३८

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ ९, १६: ३८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...