
नयाँ बिकल्प,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले प्रतिनिधिसभा मन्त्रिपरिषद्को सिफारिसमा गरेकोले कहीँ पनि उजुरी नलाग्ने जिकिर गरेका छन् ।
नेकपा एमाले निकट पत्रकारहरुको संगठन नेपाल प्रेस चौतारीले प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार आयोजना गरेको प्रेस व्रिफिङमा ओलीले भने ‘संविधानको धारा ७६ (५) अनुसार प्रतनिधिसभाका बहुमत सदस्यको दाबी पुग्यो वा पुगने भन्ने अधिकार राष्ट्रपतिलाई मात्र छ । यसमा उजुरी लाग्दैन् ।’
उनले राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्ने ठाउँ संविधानमा कतै नभए पनि धारा ७६ को प्रयोग गर्ने अधिकार रहने र यस्तो निर्णयमाथि कतै प्रश्न गर्न गर्न नपाइने दाबी गरे ।
प्रधानमन्त्री ओलीले चुनावी वातावरण बिगार्नेहरूले खोप र सार्वभौमसत्ताको प्रयोगबारे जनतामा भ्रम सिर्जना गर्ने काम गरेको भन्दै उनले निर्वाचन र खोप लगाउन पाउने जनताको सार्वभौम अधिकार फरक विषय भए पनि सरकारकले खोप प्रयोग गर्नबाट बञ्चित गराएको भन्दै ‘सेन्टिमेन्टल ब्लाकमेलिङ’ गरेको आरोप लगाए ।
नेपाली जनताले राष्ट्रपति कार्यालयमा भएको अनुशासनहीन, अराजकता र मर्यादाहीन क्रियाकलापमा संलग्न, दलीय प्रणालीलाई उलंघन गर्ने र अरु पार्टीमा विग्रह पैदा गरेर आफ्नो दुनो सोच्याउन खोज्ने अस्वस्थ्य प्रवृत्ति र तीनका अगुवाको सरकार निर्माण गर्ने दाबी स्वभावैले अनुपयुक्त भएको दाबी गरे ।
चुनाव अगाडि नै जनतालाई खोप लगाइसक्ने ढंगले मित्रराष्ट्र तथा खोप उत्पादकसँग सरकारले कुरा गरिरहेको भन्दै ओलीले आफ्नो मन्तव्यको अधिकांस समय माधवकुमार नेपाल र शेरबहादुर देउवालाई गालि गर्नमा खचिए ।
ओलीले आफूलाई साथ नदिने जनता समाजबादी पार्टी र एमालेका सांसदलाई ‘पल्ला घरको नरे वल्ला घरमा सरे’ भन्दै उनीहरुलाई दलिय अनुसासन नभएका अमर्यादित, अराजक भिंड र अस्वस्थ क्रियाककलाप गर्नेहरु भन्दै टिप्पणी गरे ।
‘नागरिक समाज बोल्नु पर्दैन ? किन चुप चाप लागेको छ? पार्टीको अध्यक्ष र संसदीय दलको नेता भएको हुनाले मैले १२१ जना र जनता समाजबादी पार्टीको संसदीय दलको नेता राजेन्द्र महतोको समेत समर्थनमा १५३ जना रहेको दाबी राष्ट्रपति समक्ष पेश गरेको हो। तर दलिय मर्यादा मिच्नेका बिषयमा नागरिक समाज र बुद्धिजीवि भन्ने कहाँ छन ?’ ओलीले भने ।
दलिय अनुसाशन पालना नगर्नेहरुले अफबाह फैलाएको भन्दै ओलीले ‘कू’ केलाई भन्ने ? संविधानको पालना गर्दा ‘कू’ हुन्छ ? लोकतान्त्रिक अभ्यास गर्दा ‘कू’ हुन्छ? केही बुद्धिजिवीले न्वारानदेखिको बल लगाएर किन बिरोध गरिरहेका छन्? भनी प्रश्न गरे ।
उनले संविधानमा भएको व्यवस्थाको अपब्याख्या गरेर हिँड्नेहरुले मोर्चाबन्दी गर्नु जरुरी नभएको भन्दै न्यायलाई मोर्चाले दबाब दिन नसक्ने जिकिर गरे । माओवादी केन्द्रका अध्यक्ष दाहालले लोकतन्त्रलाई पराजित गर्न नसकेपछि प्रणाली भित्रै छिरेर लोकतन्त्रलाई हुँडल्ने काम गरेको ओलीले आरोप लगाए ।
अहिले वातावरण बिगार्ने, चुनाव हुनै हुँदैन भन्ने, चुनावसँग तर्सिनेहरुले चुनावमा हालत कमजोर हुन्छ भन्ने थाहा पाएर प्रचण्ड र माधव नेपाल जस्ताहरुले सरकारको बिरोध गरेको आरोप लगाए । उनले चुनाव भयो भने बेहाल हुन्छ भनेर प्रचण्ड र नेपाल डराएको दाबी गरे ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...