
नयाँ विकल्प,
काठमाडाैं- नेप्से सूचक र सेयर खरिदबिक्री रकमले सोमबार नयाँ कीर्तिमान कायम गरेको छ ।
यसअघिका सबै रेकर्डहरु ब्रेक गर्दै यस दिन १३ अर्ब १७ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको हो । यसअघि गत बुधबार सबैभन्दा धेरै ११ अर्ब ९५ करोड ८० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।
तर सोमबार यो रेकर्ड पनि तोडिएको हो । नेप्से सूचक पनि ३.०७ अंकले बढेर अहिलेसम्मकै उच्चतम २८२३.०६ विन्दुमा आइपुगेको छ । तथापि, अन्तिम प्रहरमा बिक्रेता अघि बढी हावी भएको पनि देखिन्छ ।
आम लगानीकर्ताहरु उत्साहित हुँदा खरिदबिक्रीमा तेजी आएको हो । व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरु अहिले सेयर बजारमा सक्रिय रहेका छन् ।
यसबाहेक यो सेयर बजारको सिजन पनि हो । सिजनमा बढी चहलपहल हुनुलाई स्वभाविक मान्न सकिन्छ । यसबाहेक चालु आर्थिक वर्ष सकिन करिब डेढ महिनाजति मात्र समय छ । यसअवधिमा विकास खर्च धेरै हुने अपेक्षा छ ।
अहिले कोरोनाले केही प्रभावित बनाए पनि ठूला परियोजनाका कामहरु भइरहेका छन् । सरकारी खातामा भएको पैसा वित्तीय प्रणाली तथा बजारमा आउने भएकाले पनि तरलता सहज हुन जान्छ ।
यसले पनि खरिदबिक्री रकम वृद्धिमा सहयोग पुग्छ । बैंकमा रहेको अधिक तरलता, सस्तो ब्याजदर र लगानीकर्ताको आत्मबल दह्रो रहेकाले पनि कारोबार रकममा सकारात्मक प्रभाव परेको हो ।
कोरोनाका कारण लगानीका अन्य क्षेत्र संकुचित भएकाले सेयर खरिदबिक्रीमा धेरैको आकर्षण बढेको अनुमान गर्न सकिन्छ । बुल रनले पनि सहयोग गरेको हो ।
यस्तै, अनलाइन प्रणालीको विकासले विश्वभर रहेका नेपालीले कारोबार गर्न पाएका छन् । तथापि, बजार सधैं एउटै गतिमा हुँदैन । खरिदबिक्री रकम र नेप्से पनि सधैं एउटै रफ्तारमा अघि बढ्दैन ।
बजार तलमाथि हुँदै अघि बढ्छ । बेलाबेलामा नाफा बुक गर्ने प्रवृत्ति पनि रहन्छ । त्यही भएर लगानीकर्ताले होसियारपूर्वक आफ्नो रणनीति तय गर्नुपर्छ । जोखिम बहन क्षमता, होल्ड गर्ने अवधि अनि उचित कम्पनीहरु छनोट गर्न सक्नुपर्छ । यसबाट बजारमा सुरक्षित लगानी गर्न सहयोग पुग्ने गर्छ ।
१३ मध्ये ५ समूहको सूचक वृद्धि भएको छ । वाणिज्य बैंक समूह पनि हरियो बनेको छ । निर्जीवन बिमा समूह र इन्भेष्टमेन्ट समूहमा बढी तेजी आएको छ ।
खरिदबिक्री रकममा १ अर्ब २६ करोड रुपैयाँभन्दा बढीसहित एचआइडीसीएल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा नेको इन्सुरेन्स र तेस्रोमा नेपाल पुनर्बिमा कम्पनी परेको छ । ४ कम्पनीको भाउ ९% भन्दा बढीले वृद्धि भएको छ । नेपाली पैसाबाट
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...