
नयाँ बिकल्प,
काठमाडौं । नेपाली साहित्यमा विद्यावारिधी गर्ने पहिलो नेपाली महिला तथा लेखिका डा. बानिरा गिरीको आइतबार राति ७५ वर्षको उमेरमा निधन भएको छ ।
२० दिनअघि कोरोनासंक्रमण पुष्टि भए पनि गिरीको हृदयघातले निधन भएको पारिवारिक स्रोतले जनयो । आइतबार नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उनको निधन भएको हो । विगत ३ वर्षदेखि गिरी अल्जाइमर्स रोगले पीडित थिइन् ।
उनी नेपाली साहित्यमा विद्याबारिधी गर्ने पहिलो नेपाली महिलाको रुपमा परिचित थिइन् । कवि गोपालप्रसाद रिमालमाथि शोध गरेबापत उनलाई त्रिभुवन विश्वविद्यालयले विदावारिधीको उपाधि दिएको थियो । गिरीका श्रीमान, एक छोरा र एक छोरी छन् ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...