एउटा कीर्ते लुकाउन मन्त्री आलेको अर्को कर्तुतः अक्सिजनमा कालोबजारी गर्ने व्यवसायीलाई प्रोत्साहन ! – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

एउटा कीर्ते लुकाउन मन्त्री आलेको अर्को कर्तुतः अक्सिजनमा कालोबजारी गर्ने व्यवसायीलाई प्रोत्साहन !


नयाँ बिकल्प,
काठमाडौं । बन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले चीनबाट नेपाललाई निःशुल्क प्राप्त अक्सिजन सिलिन्डर आफैले खरिद गरी सुदूरपश्चिमका अस्पताललाई वितरण गर्ने भनी निलो रंगका सिलिण्डरमा आफ्नो तस्वीर टाँसेर बितरण गरेपछि आमनागरिकबाट आलोचना र आक्रोस व्यक्त भएका छन् ।

कोरोना महामारीमा ज्यान गुमाएका र संक्रमित भई उपचार गराईरहेकाहरुले राज्यले अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराउन नसक्ने र दाताबाट प्राप्त भएको अक्सिजन पनि आफैले खरिद गरेको भनी झुटो र कीर्ते प्रचार हुन थालेपछि आफ्नो बदमासी लुकाउन मन्त्रीले अर्को झुट पेश गरेका छन् ।

मन्त्री आलेले आफूले नयाँ बानेश्वरमा कार्यालय रहेको विथ म्यानेजमेन्ट प्रालिबाट ६० वटा अक्सिजन सिलिण्डर खरिद गरेको प्रमाण संचार माध्यमलाई उपलब्ध गराएर जनआक्रोसबाट बच्ने धृष्टता गरेका छन् । तर सो कम्पनीले ति अक्सिजन सिलिण्डर कहाँ खरिद गरेको हो र कहाँ अक्सिजन भरेको भनेर स्पष्ट पारेको छैन् ।

जानकार व्यवासायीका अनुसार सो कम्पनीले आजसम्म अक्सिजन ग्यास सिलिण्डर कुनै पनि अस्पताललाई उपलब्ध गराएको रेकर्ड छैन् । सो कम्पनीलाई जेठ ७ गते एक पत्र लेख्दै सेती प्रादेशीक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्टले ५० वटा अक्सिजन भरिएका सिलिण्डर र पचास हजार पिस माक्स उपलब्ध गराइ दिन पत्र लेखेका छन् ।

सो अस्पतालले ५० वटा अक्सिजन सिलिण्डरको मुल्य बन मन्त्री आलेले तिर्नेगरी उपलब्ध गराउन पत्राचार गरेका छन् । तर, अस्पतालले ५० वटा माग भएकोमा किन ६० सिलिण्डर अक्सिजनको बिल बनायो भन्ने शंकास्पद छ ।

उनले सो कम्पनीबाट ति सिलिण्डर खरिदको लागि मुल्य तिरेको भए पनि मन्त्री मगरले कालोबजारी गर्ने व्यवसायीलाई प्रोत्साहन गरेको देखिन्छ । किनकी खुल्ला बजारमा प्रति सिलिण्डर १२ हजार रुपैयाँमा पाइने अक्सिजन सिलिन्डर २३ हजार रुपैयाँमा खरिद गरेर कालोबजारीलाई प्रोत्साहन गरेका हुन ।

६० वटा सिलिन्डरको प्रति सिलिन्डर २३ हजारका दरले खरिद गर्दा भ्याट छुट्टै जोडिएको छ । भ्याटसमेत जोड्दा मन्त्री आलेले बजार मूल्यको दोब्बरभन्दा बढी रकम तिरेका छन् । व्यवसायीले बस्तु वा सेवाको खरिद विक्री गर्दा २० प्रतिशतभन्दा बढी मुनाफा लिन पाइँदैन ।

कानून विपरित बजार मुल्यभन्दा सतप्रतिशत बढी मुल्यमा त्यस्ता अक्सिजन सिलिण्डर विक्री गर्ने विथ म्यानेजमेन्टलाई कुनै कारबाही नगरी सरकारले कालोबजारी गर्ने कम्पनीको पृष्ठपोषण गरेको देखिन्छ ।

यसरी हेर्दा बनमन्त्री मगरले एउटा झुटलाई छोप्न अर्को कीर्ते काम गरेको देखिन्छ । कि उनले विथ म्यानेजमेण्टबाट अक्सिजन सिलिण्डर खरिद नगरी नक्कली भ्याट बिल बनाउन लगाए या त सो कम्पनीले सिलिण्डरको कालोबजारी गर्दोरहेछ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ ११, १६: २९

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ ११, १६: २९

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ ११, १६: २९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...