
काठमाडौं । राजधानी काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै उपत्यकामा जारी गरिएको निषेधाज्ञाको अवधि थप एकसाता थप गरेका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा आगामी जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका छन् । भाइरस संक्रमण नघटेको र आवागमनमा कमी नआएको निष्कर्ष निकाल्दै निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारीहरुले जनाएका छन् ।
थप गरिएको निषेधाज्ञा जेठ १४ गते बिहान १ बजेदेखि जेठ २० गते मध्यरातसम्म कायम रहने भएको हो । एकसाताको परिस्थिति हेरेर अर्को निर्णय गर्ने तयारीमा उपत्यकाका प्रजिअहरु रहेका छन् ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...