
नयाँ बिकल्प,
काठमाडौं । निर्वाचन आयोगका पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले आगामी २०७८ कात्तिक र मंसिरिमा प्रस्तावित प्रतिनिधिसभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले बजेटमा नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गर्न नमिल्ने बताएका छन्।
पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, निलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र दोलख बहादुर गुरुङलले विहीबार सरकारलाई सार्वजनिक रुपमा आग्रह गर्दै आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एबम् निष्पक्ष निर्वाचनलाई असर नपार्ने गरी ल्याउन भनेका हुन्।
‘निर्वाचनका लागि समान प्रतिपर्धाको सिध्दान्त भित्रै रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरी लक्षित कुनै किसिमका नयाँ नीति तथा कार्यक्रम बजेट बिनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं’, पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तबाट जारी संयुक्त अपिलमा भनिएको छ।
उनीहरुले बजेट र निर्वाचनको विषयमा आफनै संवैधानिक दायित्वको ख्याल गरी निर्वाचन आयोगले सम्वद्ध पक्षलाई समयमै सजग गराउने विश्वास लिएको बताएका छन्।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...