
नयाँ बिकल्प,
काठमाडौंः हतियारधारी युवकहरूको एक समूहले धरान उपमहानगरपालिका वाड नं–१५ बसपार्कस्थित अस्थायी प्रहरी चौकीमा बिहीबार आक्रमण गरी एक प्रहरीलाई घाइते बनाएका छन् ।
बिहीबार साँझ घरेलु हतियारसहित करिव सात, आठ जनाको समूहमा आएका स्थानीय युवाहरुको समूहले आक्रमण गर्दा चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल घाइते भएका हुन् ।
सहायक निरिक्षक दाहालको बाँया नारीमा काटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। थापाकाअनुसार स्थानीय युवाहरुको दुई समूह उजुरी दिन प्रहरी चौकीमा आएको समयमा अर्को समूहले आक्रमण गरेको जनाएका छन् ।
उजुरी गर्न आएको समूहमाथि अर्का समूहका युवाहरुले आक्रमण गर्दा प्रहरीले जोगाउन खोजेपछि उल्टै प्रहरीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमण गर्ने समूहको पहिचान भइसकेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
घटनाको कारण नखुले पनि दुई समूहबीच लागूऔषधका विषयमा पहिलेदेखि नै बिवाद रहेको प्रहरीले सूचना पाएको जनाइएको छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...