
नयाँ बिकल्प,
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेटमा बेरोजगारी समस्यालाई कम गर्ने भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि १२ अर्ब रुपैयाँ छुट्याइएको छ।
सरकारले २ लाख बेरोजगार जनशक्तिलाई एक सय दिन बराबरको रोजगारी दिने भएको छ । यस्तै, स्नातक तह वा स्नातकोत्तर तह शैक्षिक योग्यता पुरा गरेको बेरोजगार युवाहरुलाई प्रतिव्यक्ति २५ लाख रुपैयाँ शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको गरिबी निवारण कोषलाई सरकारले खारेज गरेको छ । यसरी कोषलाई खारेज गरेपछि सो कोषको करिव १९ अर्ब रुपैयाँ सहकारी संस्थाहरुलाई उपलब्ध गराउने प्रवन्ध गरिने जनाइएको छ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...