एमाले सुदूरपश्चिम प्रदेश सांसदलाई सोधियो २४ घन्टे स्पष्टीकरण – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

एमाले सुदूरपश्चिम प्रदेश सांसदलाई सोधियो २४ घन्टे स्पष्टीकरण


नयाँ विकल्प,


काठमाडाैं- एमाले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाश शाहले केन्द्रीय अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पठानसिंह बोहोरालाई २४ घन्टे स्पष्टीकरण सोधका छन्।

जेठ १२ गतेको संसदीय दलको बैठकमा सहभागी भई हस्ताक्षर गरेका निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै बोहोरालाई आइतबार साँझ ५ बजेसम्म स्पष्टीकरण दिन भनिएको छ।

बोहोरालाई संसदीय दलको बैठकमा भएका निर्णयविरुद्ध सञ्चार माध्यममा के-कति कारणले बोलेको भनी सोधिएको छ। यस्तै निर्णय कार्यान्वयनमा बाधा पग्ने गरी गुटबन्दी गरेको, प्रदेश सरकारमा सहभागीता वृद्धि गर्ने संसदीय दलको निर्णयबारे भ्रम सिर्जना गर्न खोजेको आरोप लगाइएको छ।

उनलाई तथ्यगत जवाफ दिन भनिएको छ। अन्यथा संसदीय दलको विधान २०७७ अनुसार कारबाही हुने उल्लेख गरिएको छ।

प्रदेश संसदीय दलका नेता प्रकाश शाह माधव नेपाल पक्षका हुन्। वर्तमान प्रदेश सरकारबाट समर्थन फिर्ता लिने भन्ने स्थायी कमिटीको बैठक निर्णयविपरीत शाहको नेतृत्वमा ७ जना एमाले सांसद सरकारमा गएका छन्। ओली पक्षको एमालेले ती मन्त्रीहरूलाई पनि स्पष्टीकरण सोधेको छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ १६, ११: ४९

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ १६, ११: ४९

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ १६, ११: ४९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...