सेयरबजार उच्च विन्दुमा, काराेबार रकम हाल सम्मकै उच्च – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

सेयरबजार उच्च विन्दुमा, काराेबार रकम हाल सम्मकै उच्च


नयाँ विकल्प,


काठमाडाैं- साताको पहिलो कारोबार दिन हालसम्मकै उच्च कारोबार भएसँगै नेप्से परिसूचक नयाँ उचाइमा पुगेको छ। अर्थात यस दिन नेप्से परिसूचक र कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको छ।


आइतबार नेप्से परिसूचक १२.५४ अंक बढ्दै २८२७.९३ विन्दुमा पुगेको छ। जुन हालसम्मकै उच्च बन्द विन्दु हो। यस अघि गत साताको सोमबार नेप्से २८२३.४० विन्दुमा बन्द भएको थियो।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.३५ अंक बढेर ५०७.०५ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स १.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०६ अंक बढेको छ। नेप्से नयाँ उचाइमा पुगेसँगै यस दिन कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ।

यस दिन २१९ कम्पनीको १ लाख ७३ हजार ५३७ पटकको कारोबारमा १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४५ रुपैयाँ बराबरको ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर खरिदबिक्री भएको छ।


यस अघि गत साताको अन्तिम कारोबार दिन १४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भइ कारोबार रकममा रेकर्ड बनाएको थियो। नेप्सेले नयाँ उचाइ चुमेसँगै १३ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन ज्योति विकास बैंक, घलेम्दी हाइड्रो, आँखुखोला जलविद्युत, गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक शाइन डेभलपमेन्ट बैंक, सोल्टी होटल, आरियन्टल होटल, खानीखोला हाइड्रो, जोशी हाइड्रो लगायतका कम्पनीहरु परेका छन्।

यस दिन बरुण हाइड्रोको शेयरमूल्य सर्वाधिक ६.५६ प्रतिशत घटेको छ। त्यसैगरी, हिमालयन उर्जाको शेयरमूल्य ६.२६ प्रतिशत घटेको छ।

यस दिन १३ उपसमूहमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ७.३९ प्रतिशत बढेको छ। त्यसैगरी, फाइनान्स उपसमूहको परिसूचक ५.०८ प्रतिशत, होटल तथा पर्यटनको ४ प्रतिशत, म्युचुअल फण्डको ३.८७ प्रतिशत र बैंकिङ्गको १.०७ प्रतिशत बढेको छ।

यता, अन्य उपसमूहको परिसूचक सर्वाधिक २.४९ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्त उपसमूहको परिसूचक १.३७ प्रतिशत घटेको छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ १६, १५: ५६

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ १६, १५: ५६

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ १६, १५: ५६

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...