
नयाँ बिकल्प,
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई साधारण सदस्यबाटै निष्कासन गरेको भन्दै अर्का महन्थ महन्थ ठाकुरले निर्वाचन आयोगमा पत्राचार गरेका छन्।
मंगलबा बिहानै उपेन्द्र यादवले पार्टी अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गरेको भन्दै निर्वाचन आयोगलाई सो सम्वन्धी जानकारी दिएका थिए।
आफूसहित चार नेतालाई अर्का अध्यक्ष उपेन्द्र यादवले पार्टी सदस्यबाट निष्कासन गरेको पत्र पठाएपछि त्यसको प्रतिउत्तरमा ठाकुरले अपरान्ह निवाचन आयोगमा यादवको नाम पार्टी सदस्यबाट समेत हटाउन आयोगलाई पत्राचार गरेका हुन्।
ठाकुरले निर्वाचन आयोगलाई पठाएको पत्रमा यादवलाई पार्टीको विधानको दफा ५० को १ बमोजिम अनुशासन कारवाही भई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको उल्लेख छ ।
पत्रमा ठाकुरले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ को १, २ र ३ बमोजिम दलको दर्ता किताबबाट यादवको नाम हटाइ अद्यावधिक गर्न अनुरोध समेत गरेका छन्।
आयोगमा पठाएको पत्रमा यादवले पार्टीको विधान, नीति र निर्णय विपरीत कार्य गरेको र पटक,पटक स्पष्टीकरण सोध्दा पनि कुनै जवाफ नदिएको जनाउँदै उनलाई पार्टी सदस्यबाट हटाएको जनाइएको छ।

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...