
नयाँ बिकल्प,
विराटनगर । सर्वसाधरण नागरिकको सुरक्षामा भन्दा सलामी र गुलामीमा बढी केन्द्रीत भएको भनी नेपाल प्रहरीप्रति आरोप लागिरहेका बेला कोरोना कहरमा राज्यले निषेधाज्ञा जारी गर्दा चेकिङको नाममा प्रहरी सर्वसाधरणमाथि कुटपिटमा उत्रिएका छन्।
लकडाउनको बेला अत्यावश्यक काममा रहेका पैदल यात्रु वा सवारीका यात्रुलाई प्रहरीले मन नपरेमा वा तनावमा रहेको बेला रुखो व्यवहार गर्ने र सोधपुछको नाममा मुख चलाएको भन्दै कुटपिट र हातपात गर्ने कुनै नौलो घटना होइन् ।
यस्तै दुव्र्यवाहार नेपाल प्रहरीका कर्मचारीले यहाँ प्रस्तुत गरेका छन्। सामाजिक सञ्जालमा प्रहरीले बटुवामाथि गरेको दुव्यवहार र कुटपिटका दैनिक जसोका घटना सार्वजनिक हुने गरेका छन्। तर, प्रहरीको त्यस्तो व्यवहारको उजुरुबाजुर कतै लाग्दैन्।
सर्वसाधरणमाथि कुटपिट वा दुव्र्यवहार गर्ने प्रहरी कर्मचारीलाई माथिल्लो तहका अधिकृतहरुले नै संरक्षण गर्ने गरेको तथ्य बुधबार सार्बजनिक भएको छ। कोशी अस्पतालबाट डिउटी सकेर घर फर्कंदै गरेका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने प्रहरीलाई प्रसाशनले नै जोगाउन खोजेको छ।
जेठ १८ गते मंगलबार राति साढे ९ बजे अस्पतालबाट घर फर्कंदै गर्दा सिनियर अहेब अशोक राजवंशीलाई बिराटनगरको देवकोटा चौकमा सुरक्षा जाँचमा खटिएका प्रहरीले कुटपिट गर्दा उनको खुट्टा र गोडामा चोट लागेको छ।

प्रहरीको कुटपिटबाट सिनियर हेल्थ असिष्टेन्ट राजबंशी घाइते भए पनि जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले चेकजाँच क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि बल प्रयोग भएको आरोप लगाएर दोषी प्रहरीलाई जोगाउन खोजेका छन्।
उनले चेकजाँचको क्रममा मोटसाइकल नरोकी अपशब्द बोल्दै अगाडि बढ्न खोज्नेपछि ड्युटीमा खटिएको प्रहरीले बल प्रयोग गरेको झुटो दाबी प्रहरी अधिकृतबाटै भएको छ।
परिचय पत्र भिरेर डिउटीबाट घरजाँदा प्रहरीले बाटोमा रोकेपछि आफूले स्वास्थ्यकर्मी भएको बताउँदा समेत दुईजना प्रहरीले मोटरसाईकल रोकेर कुटपिट गरेको राजबंसीले बताएका छन्।
जनताको जीउ धनको सुरक्षा गर्न बसेका प्रहरी कर्मचारीबाटै स्वास्थ्यकर्मी असुरक्षीत भएको भन्दै बुधबार बिहानैदेखि स्वास्थ्यकर्मी, चिकित्सक र नर्सहरु दोषीको कारबाहीको माग गर्दै धर्नामा बसेका छन्।
स्वास्थ्यकर्मीमाथि सुरक्षा दिन बसेका प्रहरीले अमर्यादित तवरले कुटपिट गर्नु गम्भीर विषय रहेको भन्दै नेपाल चिकित्सक संघका कोशीका अध्यक्ष डा. फरवार्ड सिलवाले सुरक्षा माग गर्दै संघले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ध्यानाकर्षण गराएको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङमा प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाहीको दायरमा ल्याउने प्रतिबद्धता स्वास्थ्यकर्मीसँग व्यक्त गरेका छन्। उनले घटनाका विषयमा अनुसन्धान भइरहेको भन्दै दोषी भेटिए कारबाही गर्ने बताए।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...