कर्णालीमा माओवादी–कांग्रेस समीकरणकाे सरकार बन्दै – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

कर्णालीमा माओवादी–कांग्रेस समीकरणकाे सरकार बन्दै


नयाँ विकल्प,


सुर्खेत-कर्णली प्रदेशमा भएको कांग्रेस–माओवादी बीचको सत्ता समीकरण अनुसार माओवादी नेतृत्वको सरकारमा कांग्रेसका दुई जना सांसद् मन्त्री भएर जाने भएका छन्।

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सकभर आजै या भोलिसम्म कांग्रेसले पठाएका दुई जनालाई मन्त्री नियुक्त गर्ने तयारी भएको छ। सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालयमा कांग्रेसका दुई जनालाई मन्त्री बनाएर पठाउने तयारी भईरहेको छ।


कांग्रेस निकट स्रोतका अनुसार भने गुटगत सन्तुलन मिलाएर सरकारमा जाने तयारी गरिएको छ। देउवा र पौडेल समूहका एक/एक जना सांसद्लाई मन्त्री बनाउने तयारी भएको छ ।

नेकपा विभाजनसँगै सर्वोच्चको फैसलापछि माओवादी र एमाले पूर्ववत् अवस्थामा फर्किएकाले कर्णाली प्रदेशको एमाले संसदीय दलले २०७७ चैत ५ गतेबाट माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

एमालेले समर्थन फिर्ता लिएपछि वैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए । विश्वासको मत लिँदा एमालेको नेपाल समूहका चार जना सांसद्ले फ्लोर क्रस गरी मुख्यमन्त्रीलाई विश्वासको मत पुर्‍याएका थिए।

तीमध्ये तीन जना अहिले मन्त्री छन्। कुर्मराज शाही कृषि मन्त्री, अम्मर थापा भौतिक पूर्वाधार मन्त्री र नन्दसिंह बुढा उद्योगमन्त्री छन्। बुढाले पनि एमालेको निर्णय अनुसार नै चैत २४ गते सोही मन्त्रालयबाट राजीनामा दिएका थिए। फ्लोर क्रस गरी आएपछि मुख्यमन्त्रीले पुनः उनलाई मन्त्री बनाएका हुन् ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ २०, १२: ३६

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ २०, १२: ३६

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ २०, १२: ३६

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...