
नयाँ बिकल्प,
काठमाडौं । पार्टीको ह्विप उल्लंघन गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर नगर्ने राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापाको पद चैट भएको छ।
पार्टीले उनलाई पार्टीको साधरण सदस्य समेतबाट हटाएको जानकारी बिहीबार प्रदेश सभा सचिवालयलाई जानकारी दिएपछि आजैबाट औपचारिक रुपमा उनको पद खारेज भएको हो।
एमाले गण्डकी प्रदेश संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा सघाउने पार्टी केन्द्रको निर्देशन उल्लंघन गर्दै प्रदेश सभा बैठकमा अनुपस्थित भएपछि थापालाई कारवाही गरिएको हो।
सांसद पद गएपछि राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले कारवाही गरिएको घटनाको इतिहासले अवश्य मूल््यांकन गर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबूकमार्फत उनले बागलुङ क्षेत्र नं १ ‘ख’ का सम्पूर्ण जनताको अभिमतविपरीत आफू जान नसकेको जनाएका छन्।
थापाले पार्टीको ह्वीपविपरीत मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङलाई सघाउने घोषणा नै गरेका थिए। पार्टी केन्द्रीय कमिटीको बिहीबारको बैठकले उनलाई सांसद पदबाट हटाउने निर्णय गरेको थियो।
सोको पत्र प्रदेशसभामा पत्र दर्ता भएपछि उनको पद गएको सूचना सभामुख नेत्रनाथ अधिकारीले दिएका हुन्। यसअघि उनलाई अविश्वासको प्रस्तावको विपक्षमा उत्रेपछि संसदीय दलको नेताबाटबाट हटाइएको थियो। थापा बागलुङ १९२० को निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित सांसद थिए।
गण्डकीमा राजमोका ३ सांसदमध्ये अब पियारी थापा र खिमविक्रम शाही मात्र छन्। दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुुक्त पृथ्वीसुब्बा गुरुङले नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।
२ वा २ भन्दा बढी दलहरूले सरकारले बनाउन नसकेपछि उनलाई गत वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरेकी हुन्। कांग्रेसको सरकार बनाउन राजमोले ह्वीप जारी गरेपछि सांसद थापा गृह जिल्ला बागलुङतिर लागेका थिए।
कांग्रेसले संविधानको धारा १६८ को ५ बमोजिम सरकार बनाउन भन्दै हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष निवेदन दियो । सो हस्ताक्षर संविधानतः नपुगेको भन्दै प्रदेश प्रमुख पौडेलले पुनः पृथ्वीसुब्बालाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने सन्दर्भ चलिरहँदा राजमोका सांसद थापा निकालिएका हुन्। प्रदेशमा कूल ६० सांसदमध्ये अब नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, राजमो र जसपाका २–२ र स्वतन्त्र १ सांसद मात्र छन्।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...