
नयाँ विकल्प,
काठमाडाैं- अल्पमतमा परि राज्य सञ्चालनकाे नैतिकता समेत गुमाइसकेकाे प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले जनतालाई गुमराहमा राख्ने र गलत सन्देश मार्फत जनभावनामा खेलवाड गर्दै आएकाे छ ।
आधारहिन तथ्याङ्क प्रस्तुत गर्दै आफ्नाे गुणगानमा रमाउने ओलीकाे शैली उनका सल्लाहकारले मात्र हैन्, राष्ट्र प्रमुख विद्यादेवी भण्डारीका सल्लाहकारले पनि अनुशरण गर्न थालेका छन् ।
यसकाे पछिल्लाे उदाहरण हाे, विहीबार विहानै राष्ट्र प्रमुख र कार्यकारी प्रमुखकाे सञ्चार विज्ञले सामाजिक सञ्जालमा प्रवाह गरेकाे गलत सन्देश । उनीहरूकाे याे हर्कतकाे सामाजिक सञ्जालमा तीव्र आलाेचनापछि दुवै जनाले एक घण्टामै हटाएका छन् ।
राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टीका ढकाल र प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल मार्फत भ्रामक सन्देश प्रवाह गरेकाे केहि छिनमै हटाएका हुन् ।
दुवै जनाले राष्ट्रपति विद्यादेवी भण्डारीलेकाे आग्रहमा अमेरिकाले नेपालाई ५० लाख डाेज खाेप दिन लागेकाे कपाेकल्पित सन्देश प्रवाह गरेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार राति २ करोड ५० लाख डोज कोरोनाभाइरसविरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गरेसंगै राष्ट्रप्रमुख र कार्यकारी प्रमुखका प्रेस सल्लाहकारले भ्रामक सन्देश प्रवाह गरेका हुन् ।
बाइडेनको घोषणामा नेपालले कति खोप पाउने हो भन्ने कहिँ कतै पनि खुलाइएको छैन। तर यी दुइ सल्लाहकारले नेपालले ५० लाख डाेज खाेप निसुल्क पाउन लागेकाे अफवाह फैलाए ।
अमेरिकाले ५० लाख डोज खोप दिन लागेको कुरा राष्ट्रप्रमुखको सचिवालयमा रहेका व्यक्तिबाट सार्वजनिक भएपछि तरंग आउनु स्वभाविक थियो। केही अनलाइन पोर्टलले उनकै स्टाटसलाई आधार मानेर समाचार पनि प्रकाशन गरे।
राष्ट्रपतिका सञ्चार विज्ञले ट्वीटरमा आफ्नो आफूले लेखेको कुरा सच्याइसकेको झन्डै १० घन्टापछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि फेरि त्यही ५० लाखको आँकडा ट्वीटर सार्वजनिक गरे।
उनले नेपालीलाई चाहिनेमध्ये १ तिहाइ खोपको व्यवस्थापन भइसकेको तर्क गरे। यसका लागि उनले सरकारलाई बधाई पनि दिन भ्याए।
थापाले आफ्नाे ट्वीटरमा उनले लेखे- एक तिहाइ खोपको व्यवस्थापन: अमेरिकाबाट अनुदान-५० लाख, चीनबाट अनुदान-१८ लाख, भारतबाट अनुदान- १० लाख, सुरक्षाकर्मीलाई प्राप्त-१ लाख, भारतबाट खरिद- १० लाख, खरिद आउन बाँकी-१० लाख, कोभ्याक्स अनुदान-३ लाख ४८ हजार, जम्मा-१ करोड २ लाख ४८ हजार। कूल चाहिने-४ करोड डोज

बधाई सरकार। थापामाथि पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यही प्रश्न तेर्स्याए -अमेरिकाले नेपाललाई ५० लाख खोप दिने कुरा कहाँ छ?
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले केहीबेरमा क्षमायाचना पनि नगरी उक्त ट्वीट डिलिट गरिदिए। उनले भूल सुधार गरेनन् बरू अर्को ट्वीट लेखे: तथ्यांक लेख्न उचित लागेन- हामीलाई ४ करोड डोज खोप चाहिन्छ, त्यसनिम्ति राष्टपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको तहबाट विश्वभर आफ्ना समकक्षीसँग भएका पहल सार्थक भइरहेका छन्।
राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकारबाटै भ्रामक संदेश फैलाइएकाे भन्दै सामाजिक सञ्जालमा यतिवेला आलाेचना भैरहेकाे छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...