
नयाँ बिकल्प,
काठमाडौः नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहका चार केन्द्रीय सदस्यले अहिलेकै अवस्थामा केपी शर्मा ओलीसँग मिलेर जान खोजेमा आफ्नो समूहललाई घर न घाटको बनाउने चेतावनी दिएका छन्।
एमाले केन्द्रीय सदस्यहरु प्रकाश ज्वाला,जगन्नाथ खतिवडा, विजय पौडेल र राजेन्द्रकुमार राईले पार्टी नेताहरु झलनाथ खनाल र माधव नेपाललाई लिखित सुझाव दिदै पहिलो शर्त केपी ओली सरकारको बहिर्गमन र राजनीतिक दलहरूको सहकार्य रहेको हुनु पर्नेमा जोड दिएका छन्।
शुक्रबार नेता खनाल र नेपाललाई संवोधन गर्दै उनीहरुलाई लेखिएको पत्रमा सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन सम्वन्धि रिटको किनारा नलागेसम्म केपी ओली समूहसँग बार्ता नगर्न आग्रह समेत गरेका छन्।
उनीहरुले २०७५ जेठ २ अघिको अवस्थामा फर्किने भन्ने एजेण्डा राजनीतिक र वैचारिक नभएको भन्दै यत्तिकै भरमा अध्यक्ष केपी ओलीसँग मिल्दा घरको न घाटको भइने चेतावनी समेत दिएका छन्।
कार्यदलको नाममा भएका वार्ता र छलफलहरु अपारदर्र्शी र माधव नेपाल समूहमै फुट ल्याउने षडयन्त्र भन्दै ति युवा नेताहरुले वार्ताका नाममा नअल्मलिन आग्रह गरेका छन्।
९ बुँदे लिखित सुझावमा रातारात कुनै नाटकीय सम्झौता गरेर सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिन लाउने अभिप्रायले पटक पटक मध्यरातसम्म पनि वार्ताको चाप बढाइएको भन्ने पनि सहज अनुमानकै विषय भएको भन्दै मुद्दाको किनारा नलागेसम्म वार्ता वा सम्झौताको कुनै पहल नगर्नु नै उचित हुने बताइएको छ।
एमाले मिले पनि आगामी दिनमा हुने सबै तहको निर्वाचनमा टिकट वितरणको प्रक्रिया नै धेरै पक्षपातपूर्ण, विभेदकारी, पूर्वाग्रही र अन्तरघातमय हुने ठहर गर्दै उनीहरुले ओलीको आँखामा कम्फरटेबल हुने पात्र मात्र रोजाइमा पर्ने जनाएका छन्।
नेकपा एमालेको बिबाद समाधानका लागि भन्दै पार्टीले ओली पक्ष र माधव पक्षका गरी ९ सदस्यीय कार्यदल बनेको छ। कार्यदलमा नेपाल र खनालको पक्षबाट प्रतिनिधित्व गर्ने भीम रावललाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरिसकिएको छ।
कार्यदलमा रहेका सदस्यहरु घनश्याम भूषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य रहेका छन्। ओलीको पक्षबाट भने पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञावली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल रहेका छन्।






काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...