
नयाँ बिकल्प,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समूहका निवर्तमान सांसदलाई खुसी बनाउन १० जनालाई मन्त्री दिएका छन्।
प्रधानमन्त्री ओलीले मौजुदा मन्त्रिपरिषद्का चार जना अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ र कानून मन्त्री लिलानाथ श्रेष्ठबाहेक सबैलाई पदमुक्त गरेका हुन्।
ओलीले एमालेका एक उपप्रधानमन्त्री ९ मन्त्री र तीन जना राज्यमन्त्रीलाई पदमुक्त गरेका हुन्। मन्त्रिपरिषद्बाट नहटाइएका अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको छ भने राजपाको ठाकुरसमूहबाट सरकारमा नेतृत्व गरिरहेका राजेन्द्र महतोलाई उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने जिम्मेवारी पाएका उपप्रधानमन्त्री इश्वर पोखरेल समेत पदमुक्त भएका छन्। पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञावलीलाई पदमुक्त गरिएको छ भने स्वास्थ्य मन्त्री हृदयेस त्रिपाठीलाई पदमुक्त गरी पूर्वकानून मन्त्री शेरबहादुर तामाङलाई जिम्मेवारी दिइएको छ।
मन्त्रिमण्डलमा भित्रिएका जसपाका १० र एमालको दुई मन्त्रीको शुक्रबार साँझ ९ बजे सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। मन्त्रिमण्डलमा राजपाको तर्फबाट महतोसहित शरतसिंह भण्डारीलाई उर्जा, सिँचाई तथा जलश्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस्तै अनिल झालाई खानेपानी मन्त्री, बिमल श्रीवास्तवलाई श्रम तथा रोजगार मन्त्री, उमाशंकर अरगरियालाई बन तथा वातावरण मन्त्री, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, चन्दा चौधरीलाई महिला बालबालिका मन्त्री र एकवाल मियाँलाई खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको छ।
जसपाका निवर्तनमान सांसद चन्द्रकान्त चौधरी उर्जा, सिँचाई तथा जलश्रोत राज्यमन्त्रीमा र रेणुका गुरुङ महिला तथा बालवालिका राज्यमन्त्रीमा नियुक्त भएकी छन्। मन्त्रिमण्डलमा सहभागी उपप्रधानमन्त्री तथा मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले सपथ गराएका थिए ।
पुनर्गठनपछि ओली मन्त्रीपरिषद् १७ सदस्यीय बनेको छ । मौजुदा मन्त्रीपरिषदबाट १३ जना बाहिरिएका छन्।
सरकारबाट एक उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिएका छन् भने तीन उपप्रधानमन्त्री थपिएका छन् । उपप्रधानमन्त्रीहरुको वरियतामा प्रधानमन्त्रीले विष्णु पौडेललाई पहिलो स्थानमा, रघुविर महासेठ दोस्रो र राजेन्द्र महतो तेस्रो स्थानमा रहेका छन्।
सपथ ग्रहण समारोहमा जनता समाजवादी पार्टीका मन्त्रीहरुले आफूखुशी पोशाक लगाएका थिए । उपप्रधानमन्त्री राजेन्द्र महतोले धोति कुर्ता लगाएर सपथ खाए । एमालेका मन्त्रीहरुले दौरा(सुरुवाल लगाएका थिए ।
मन्त्रिपरिषदबाट पदमुक्त हुने एमालेका मन्त्रीहरुमा उपप्रधानमन्त्री इश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञावली, पर्यटन मन्त्री भानुभक्त ढकाल, कृषि मन्त्री पद्मा अर्याल, सूचना तथा संचार प्रविधि मन्त्री पार्बत गुरुङ र भूमिव्यवस्था तथा कृषिमन्त्री डा. शिवमाया तुम्वाहाङ्फे छन्।
त्यस्तै संघीय मामिला मन्त्री गणेशप्रसाद ठगुन्ना, बन तथा वातावरण मन्त्री प्रेमबहादुर आले, महिला मन्त्री जुलीकुमारी महतो, स्वास्थ्य राज्यमन्त्री नवराज रावत, शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्र िविमला बिक रहेका छन्।
मन्त्रिमण्डल पुनर्गठन गरी प्रधानमन्त्री ओलीले आफूसँग सात वटा मन्त्रालय राखेका छन् । उनले रक्षा, गृह, संचार, पर्यटन कृषि, उद्योग र सामान्य प्रशासन मन्त्रालय आफैसँग राखेका छन्।
मन्त्रीमण्डलमा परेका स्वास्थ्य मन्त्री शेरबहादुर तामाङकी श्रीमती प्रदेश १ को सामाजिक विकास मन्त्री छन् भने खानेपानी मन्त्रीमा नियुक्त भएका अनिल झाकी श्रीमती प्रदेश २ मा भौतिक पूर्वाधार राज्यमन्त्री छिन्।
महिला मन्त्री जुली महतो पदमुक्त भए पनि उनका श्रीमान रघुबीर महासेठ उपप्रधानमन्त्री बनेका छन्।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...