
नयाँ बिकल्प,
काठमाडौं । जनता समाजवादी पार्टीको तर्फबाट शुक्रबार मात्र नेपाल सरकारको उपप्रधानमन्त्रीमा नियुक्त भएका राजेन्द्र महतोले नेपालमा एकल राज्य नभई बहुल राज्य आवश्यक रहेको धारणा राखेका छन्।
तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कार्यालय रहेको बबरमहलस्थि मधेश भवनको सभाहलमा नवनियुक्त मन्त्रीहरुको स्वागतमा पार्टीले आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री महतोले यस्तो धारणा राखेका हुन्।
‘नेपाल बहुलताले भरिएको देश भएकाले एकल राज्य नभई बहुल राज्य हुन आवश्यक छ । एकल राज्यका कारण विभिन्न समुदाय पछि परेकोले बहुलतामा आधारित राज्य सञ्चालनको लागि आफ्नो प्रयास जारी छ’ महतोले संवोधनमा भने।
जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहको सहमति बिना नै अर्का अध्यक्ष महन्थ ठाकुर समूह निकटका सांसदहरुको उपस्थितिमा जसपा नेपाल संसदीय दलको नेता भएका महतोले नवनियुक्त मन्त्रीहरुलाई सबैभन्दा पहिले पार्टीको नीतिलाई मुख्य ध्यानमा दिएर काम गर्न निर्देशन दिए।
उपप्रधानमन्त्री महतोले थरूहट आन्दोलनमा लागेका पार्टीका नेता रेशम चौधरी जेलमा रहेको बताउँदै सर्वाेच्चले मुद्धा टुङ्याएपछि राष्ट्रपतिबाट कैद सजाय माफी गराएर चौधरीको रिहाइ गराउने जानकारी समेत गराएका छन्।
महतोको भनाईप्रति एमाले उपाध्यक्ष बामदेवको आपत्ति
सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले उपप्रधानमन्त्री महतोले संविधानको मर्म विपरित कार्य गर्ने छैन भनी सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुनेर आफू अत्यन्तै दुखी भएको जनाएका छन्।
नेपालको संविधानको धारा ३ मा ‘नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो’, संविधानको धारा ४ मा ‘अनेकौं विशेषता सहित नेपाल राज्य हो’ भनेर नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य नेपाल हो भनेको अवस्थामा सरकारका मन्त्रीको यस्तो भनाई आपत्तिजनक रहेको गौतमले जनाएका छन्।
राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन र नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन नसक्ने गौतमले जनाएका छन्।
महतको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ भन्दै प्रधानमन्त्री केपी ओलीले महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको प्रतिक्रिया दिएका छन्।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...