
नयाँ बिकल्प,
काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवम् प्रजातन्त्र सेनानी ८४ वर्षीय महेश्वरलाल श्रेष्ठको शनिबार राजधानीको ओम अस्पतालमा निधन भएको छ।
कांग्रेस चितवनका सल्लाहकार समितिका संयोजक समेत रहेका श्रेष्ठ एक सरल र निष्ठावान नेताका रुपमा चिनिएका थिए। कांग्रेसका संस्थापक नेता वीपी, सुवर्ण शम्शेर, गणेशमान सिंहलगायतका पार्टी शीर्ष नेतासँगको सहयात्रीको रुपमा श्रेष्ठले प्रजातन्त्र प्राप्तिका लागि संघर्ष र आन्दोलनमा सक्रिय योगदान पुर्याएका थिए।
प्रजातन्त्रको पक्षमा लागेबापत तत्कालीन पञ्चायती व्यवस्थाले उनको सम्पत्ति सर्वश्वहरण गरेको थियो। लामो समय प्रवासमा बसेका श्रेष्ठको निधनप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै श्रेष्ठको निधनको खबरले आफूलाई मर्माहत र दुःखीत बनाएको जनाएका छन्।
कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा श्रेष्ठले दिएको सक्रिय योगदान सदा स्मरणीय रहेको भन्दै सभापति देउवाले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गरेका छन्।
श्रेष्ठको निधनले आफूलाई मर्महात बनकाएको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा २००७ साल देखिनै अनवरत अथक र संघर्षशील योद्धा तथा अन्त्यन्तै निस्ठावान मित्र आफूहरुले गुमाएको बताएका छन्।
पौडेलका अनुसार श्रेष्ठ सत्याग्रह आन्दोलनमा समेत सहभागी भइ सुवर्ण शमशेरको नेतृत्वमा भरतपुर कब्जा गर्ने आन्दोलनको नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए।
प्रजातन्त्रको लागि लामो समय जेल जीवन बिताएका श्रेष्ठले कुनै लाभको पद नलिएको र अत्यन्तै इमानदार छविका नेताको रुपमा उनी निचिएको नेता पौडेलले बताए।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...