ओलीमाथि नेता गिरीको प्रश्न – बहुराज्यको आन्दोलन गर्न तपाइँले लगाएको हो ? – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

ओलीमाथि नेता गिरीको प्रश्न – बहुराज्यको आन्दोलन गर्न तपाइँले लगाएको हो ?


नयाँ बिकल्प,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिस्तार तथा पुनर्गठन गरेको मन्त्रिपरिषदका सदस्य तथा उपप्रधानमन्त्री राजेन्द्र महतोले बहुराज्यको लागि मुक्ति आन्दोलनमा संलग्न रहेको अभिव्यक्ति प्रधानमन्त्रीकै इसारामा गरेको हुन सक्ने आशंका व्यक्त गरिएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेपालको राष्ट्रियता , राष्ट्रिय स्वाधीनता, भू अखण्डता र नेपालको संबिधानको प्रस्ताबनाबिपरित दिएको अभिव्यक्ति प्रधानमन्त्रीकै इसारामा दिएको हुनसक्ने आशंका व्यक्त गरे।

‘सरकारका मन्त्री महतोले माफी माग्दैनन भने प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गर्नु पर्दछ। होइन भने यो ओलीले बोल्न लगाएका हुन भनेर जनताले बुझ्नु पर्दछ’, नेता गिरीले भने, ‘होइन भने राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका लागि नेपाली जनता जस्तोसुकै आन्दोलनमा उत्रन तयार छन्।’

अर्को एक स्टाटसमा गिरीले नेपाली कांग्रेसले पहिले नै भने जस्तै कम्युनिष्टले जित्यो भने जनताले रुन पनि पाउदैनन् भन्ने अभिव्यक्ति आज राज्यको उपप्रधानमन्त्रीले संबिधान बिपरित देश बहुराज्यको लागि मुक्ति आन्दोलनको कुरा गरिरहँदा प्रष्ट भएको बताए।

उनले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका उपप्रधानमन्त्रीले दिएको अभिव्यक्तिले एमालेको राष्ट्रवाद कि लम्पसारवाद भन्ने जनताले बुझिसकेको भन्दै ‘प्रधानमन्त्रीको जवाफ कुनै उखान टुक्कामा अझै आएन नी’ भनेर अभिव्यक्ति दिएका छन्।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ २२, २१: ४७

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ २२, २१: ४७

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ २२, २१: ४७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...