
नयाँ विकल्प,
काठमाडाैं- सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्ने आदेश दिएको छ ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई पदमुक्त गर्ने आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
सुविधा र सन्तुलनको हिसाबले अतुलनीय क्षति हुने देखिएकाले मुद्दाको किनारा नलागेसम्म थापालाई प्रदेश सभा सदस्यबाट नहटाउन आदेश जारी भएको जनाइएको छ ।
थापालाई राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति बैठकले गत बिहीबार पार्टी विधान विपरीत काम गरेको आरोप लगाउँदै सांसद पदबाट हटाउन प्रदेश सभामा सिफारिस गरेको थियो । उनी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका थिए ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...