महताेकाे पछि लाग्दा प्रदेश २ का यी चार मन्त्रीकाे जागिर चैट – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

महताेकाे पछि लाग्दा प्रदेश २ का यी चार मन्त्रीकाे जागिर चैट


नयाँ विकल्प,


काठमाडाैं- पार्टीकाे औपचारीक निर्णय विना प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सहभागि बनेकाे जनता समाजवादी पार्टी नेता राजेन्द्र महताे निकट मन्त्रीलाई प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका छन् ।

प्रदेश २ सरकारका चार मन्त्री र राज्यमन्त्री बर्खास्त भएका हुन् । मुख्यमन्त्री लालबाबु राउतले जसपाको महन्थ ठाकुर पक्षमा लागेका चार मन्त्रीलाई हिजाे राति बर्खास्त गरेका हुन् ।

बर्खास्त हुनेमा भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनाल, राज्यमन्त्री डिम्पल कुमारी झा, उद्योग वन तथा पर्यटन राज्य मन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा छन् ।जसपा विभाजनका कारण उनीहरु कारवाहीमा परेका हुन् ।

यी मन्त्रीकाे कारवाही संगै प्रदेश २ सरकारमा नेपाली कांग्रेस सहितकाे नयाँ समिकरण बन्न लागेकाे छ । जनता समाजवादीकाे बाबुराम भट्टराई- उपेन्द्र यादव पक्ष र नेपाली कांग्रेस विचमा सरकार कस्ले नेतृत्व गर्ने भन्नेमा आन्तरिक छलफल भैरहेकाे छ

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ २४, ०९: ४३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ २४, ०९: ४३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ २४, ०९: ४३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...