प्रधानमन्त्रीद्वारा नागार्जुन नगरवासीलाई कोभिडशिल्ड खोप र मेलम्चीको पानी आपूर्ती गर्ने प्रतिवद्धता – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

प्रधानमन्त्रीद्वारा नागार्जुन नगरवासीलाई कोभिडशिल्ड खोप र मेलम्चीको पानी आपूर्ती गर्ने प्रतिवद्धता


नयाँ बिकल्प,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको महामारीमा काठमाडौं महानगरसँग जोडिएको नागार्जुन नगर पालिकाका बासिन्दाको लागि कोभिड शिल्डको पहिलो र दोश्रो डोज खोप लगाउने व्यवस्था गरिने जनाएका छन्।

नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहन बहादुर बस्नेत, ६ नम्वर वडा अध्यक्ष राजेन्द्र बुढाथोकी र प्रशासन तथा योजना उपशाखा प्रमुख नारायण प्रसाद तिमिल्सिना सहितको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले सो प्रतिवद्धता व्यक्त गरेका हुन्।

नगरपालिकाको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले नगरपालिका क्षेत्र भित्र खानेपानिको अभाव हुन नदिन मेलम्चीको खानेपानी उपलब्ध गराउने ब्यबस्थाको लागि मातहतका जिम्मेवार अधिकारीलाई निर्देशन दिएका थिए।

नगरपालिकाको प्रतिनिधि मण्डलले प्रस्तुत गरेका मागप्रति प्रधानमन्त्री ओलीद्वारा यथासिघ्र सम्बोधन गर्ने प्रतिबध्दता ब्यक्त भएको नगरप्रमुख मोहन बहादुर बस्नेतले नयाँ बिकल्पलाई जनाए।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ २४, १६: ५८

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ २४, १६: ५८

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ २४, १६: ५८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...