
नयाँ विकल्प
काठमाडाैं- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २९७८/७९ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्दैछ।
आज दिउँसो ४ बजे प्रदेश प्रमुख धर्मनाथ यादवलाई नीति तथा कार्यक्रम प्रस्तूतका लागि बैठकले सिफारिस गरेको छ । विपक्षी गठबन्धनको भने सरकारको वैधानिकतामाथि प्रश्न उठिरहेका बेला विधि र प्रक्रियाबाट नीति तथा कार्यक्रम ल्याउन आग्रह छ।
नेपाली कांग्रेसका प्रमुख सचेतक फकरूद्धिन खाँनले वैशाख १९ गतेको सरकारको नियुक्ति र सपथ संविधानको एउटा धाराबाट गरिएकोमा जेठ ३ गतेको सर्वोच्च अदालतको अन्तरिम आदेशले सरकारको स्वरुप परिवर्तन गरिदिएको भन्दै सरकार कुन विधि र प्रक्रियाबाट गठन भएको हो प्रदेशसभालाई स्पष्ट पार्न आग्रह गरेका छन् ।
वैशाख १९ गते संविधानको धारा १६८ को १ अन्तर्गत मुख्यमन्त्रीको नियुक्ति र सपथ गरिए पनि जेठ ३ गतेको सर्वोच्च अदालतको अन्तरिम आदेशले सरकारको स्वरुप धारा २ अन्तर्गत परिवर्तन गरिदिएको छ, सरकारले यसको प्रक्रिया प्रारम्भ गर्ने कि नगर्ने?’ उनको प्रश्न छ ।
खाँनले सरकारले ल्याउने नीति तथा कार्यक्रममा आफूहरूको कुनै अवरोध नरहे पनि सरकारसामू वैधानिकताको प्रश्न उठाईरहने बताए। उनले सरकारलाई संविधानको मूल्य मान्यतालाई आत्मसात गर्दै विधि र प्रक्रियाबाट अगाडि बढ्न आग्रह गरे। यस्तै, लुम्बिनी प्रदेश सरकारले कोभिड- १९ नियन्त्रण तथा उपचार कोषमा १० करोड रूपैयाँ थप गरेको छ।
मन्त्रिपरिषद बैठकले कोरोना उपचारमा थप रकम आवश्यक पर्ने भएपछि १० करोड रुपैयाँ थप गरेको मन्त्री चौधरीले बताए।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...