
नयाँ विकल्प,
काठमाडाैं-सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिई तटस्थ बसेको छ।
१२ जना सांसद रहेको कांग्रेसले आज प्रदेश सभामा मुख्यमन्त्री भट्टले राखेको विश्वासको मतको प्रस्तावमा पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ बसेको हो।
आजै बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टको सरकार ढल्न नदिने निर्णय गरेको थियो तर मतदानमा भने कांग्रेस सांसद तटस्थ बसेका छन्।
यद्यपी मुख्यमन्त्री भट्टले विश्वासको मत जुटाएका छन्। ५१ जना सांसद उपस्थित भएकोमा मुख्यमन्त्री भट्टको पक्षमा ३० सांसद समर्थनमा रहेका थिए।
नेकपा एमालेको केपी शर्मा ओली पक्षका ७ र जसपाका २ गरी ९ सांसदले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिएनन्। एमालेको माधवकुमार नेपाल पक्षका १७ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन्। यहाँ नेपाल पक्षका सांसदको दबदबा छ।
केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्री बनाउन माओवादीलगायत ५ विपक्षी गठबन्धन नै बनाएर लागेका छन्। सुदूरपश्चिममा माओवादी केन्द्रले कांग्रेसले पनि मत दिने आँकलन गरेकाे थियाे
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...