‘क्यान्सर अस्पतालको स्वायत्ततामाथि सरकारकाे हस्तक्षेप आपत्तिजनक’ – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

‘क्यान्सर अस्पतालको स्वायत्ततामाथि सरकारकाे हस्तक्षेप आपत्तिजनक’


नयाँ बिकल्प,

काठमाडौं। सरकारले बजेटमामार्फत क्यान्सर संस्थानको अवधारणा मार्फत ३ वटा स्थापित क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने नियत देखाएको र प्रधानमन्त्रीले मौनता देखाएको भन्दै नेपाली कांग्रेसको आपत्ति जनाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई संस्थान मातहतमा ल्याने योजनाप्रति आपत्ति जनाएका हुन्।
संस्थान मातहत ति अस्पताललाई ल्याउनु अघि गहिरो अध्ययन, बिज्ञ परामर्श र सरोकारवालाहरुसंग कुनै छलफल नगरी बजेटमा उल्लेख भएको छ।

प्रवक्ता शर्माले गम्भीर विमर्श पश्चात मात्रै उचित विकल्पको निष्कर्ष टुंगो गरिनुपर्ने संवेदनशील बिषयलाई हाल यथास्थितिमा राख्न काम चलाउ सरकारलाई चेतावनी दिएका छन्।

‘क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप ब्यवस्थित, प्रोत्साहित र बढावा दिनु जरुरी भएको समयानुकूल ति स्वास्थ्य संस्थाको क्षमता विस्तार गर्ने र नविन अनुसन्धानमा सहजीकरण गर्ने कर्तव्य राज्यको हो’, शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

सक्षम स्वास्थ्य प्रतिष्ठानहरुलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहित र शसक्तिकरण गर्ने योजना ल्याउन छाडेर अलग्गै विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत भएको कांग्रेसले ठहर गरेको छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ २६, १३: ४९

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ २६, १३: ४९

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ २६, १३: ४९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...