
नयाँ बिकल्प,
काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भइ विजयी भएका दृगनारायण पाण्डेले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रियसभा अध्यक्ष गणेश प्रसदा तिमिःिसनाले सांसद पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रियसभा सदस्यको जेठ १७ गते भएको निर्वाचनमा एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे विजयी भएका थिए।
कांग्रेसबाट उम्मेदवार बनेका पाण्डेलाई माओवादी केन्द्र, एमालेको नेपाल खनाल समूह, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष तथा प्रदेश सभा सांसदले पक्षमा मतदान गरेका थिए।
सांसद पाण्डेले संघीयतामा स्थानीय तह र प्रदेशले पाउने अधिकारका लागि आवाज उठाउने बताए। उनले संघीयता, समावेशी र समानुपातिकताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकार अझै पाउन नसकेको भन्दै लोकतन्त्र र संविधान ओझेलमा परेको टिप्पणी गरे।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...