प्रतिनिधिसभा विघटनको कारण १५ दिनभित्र पेश गर्न सर्वोच्चद्वारा सरकारलाई आदेश – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

प्रतिनिधिसभा विघटनको कारण १५ दिनभित्र पेश गर्न सर्वोच्चद्वारा सरकारलाई आदेश


नयाँ बिकल्प,

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको सम्वन्धमा १५ दिन भित्र लिखित जवाफ पेश गर्न सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ सात गते मध्यराति प्रतिनिधिसभा विघटन गरेको विरुद्धको मुद्दामा बुधबार संवैधानिक इजलासले सुनुवाइ गर्दै सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

इजलासले रिट निवेदकको माग अनुसार अन्तरिम आदेश भने दिन अस्वीकार गरेको छ। इजलासले प्रतिनिधिसभाभ विघटन गर्नुको कारण माग गर्दै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद् र प्रधानमन्त्री केपी शर्मा ओलीलाई असार ८ गतेभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

बुधबार संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले पदमुक्त प्रधानमन्त्रीले गरेको संसद विघटन मान्य नहुने भएकाले अन्तरिम आदेश दिन इजलास समक्ष माग गरेका थिए।

विश्वासको मत पाउँदिनँ भनिसकेपछि केपी ओली प्रधानमन्त्रीबाट स्वतः पदमुक्त भएकाले संसद् विघटन मान्य नहुने थापाले जिकिर गरे। प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

थापाले भने ‘मैले विश्वासको मत नै पाउन सक्दिनँ भनेपछि त्यो पदमुक्त प्रधानमन्त्रीले भनेको संसद् विघटन मान्य हुँदैन । अन्तरिम आदेश दिनुपर्छ।’ त्यसपछि न्यायाधीश ईश्वर खतिवडाले ‘अन्तरिम आदेश माग्नुभएको छ, अन्तरिम आदेश दिने आधार के छ?’ भनेर प्रश्न गरेका थिए।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्तिका लाग एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए । तर, राष्ट्रपति भण्डारीले दुवैको दाबी खारेज गरेकी थिइन्।

संसद विघटन भएपछि संसद पुनस्र्थापना र प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न माग गर्दै ३० वटा रिट परेका थिए । संसद विघटनसम्बन्धी मुद्दामा अब ९ असारबाट लगातार सुनुवाइ गर्ने इजलासले निर्णय गरेको छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ २६, १६: ३३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ २६, १६: ३३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ २६, १६: ३३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...