मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री ओली गृहमा खगराज अधिकार, संचारमा बादल पत्नि नैनकला – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री ओली गृहमा खगराज अधिकार, संचारमा बादल पत्नि नैनकला


नयाँ विकल्प,


काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । हाल आठ वटा मन्त्रालय आफूसँगै राखेका ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारी छ ।

गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापासहित ८ मन्त्री नियुक्त गर्नलागेका हुन्।
थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन्।

त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडीकाे नाम तय भएकाे छ।

कसलाई कुन मन्त्रालयकाे जिम्मेवारी दिने भन्ने नखुलाईए पनि महेश बस्नेत, गाेकुल बास्काेटा,लगाएत प्रधानमन्त्री ओली नजिक रहेकालाइ जिम्मेवारी दिने अांकलन गरिएकाे ।

७० कराेड घाेटालमा मुछिएका बास्काेटा र सांसद अपहरण काण्डका मुख्य याेजनाकार मानिने बस्नेत पूर्व बाणिज्य तथा आपुर्ति मन्त्री । दुवैजना प्रधानमन्त्री ओलीका विश्वाश पात्र मानिएपनि मन्त्रीमण्डलमा अटाउ सकेनन् ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ २७, १२: ०५

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ २७, १२: ०५

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ २७, १२: ०५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...