
नयाँ विकल्प,
काठमाडाैं- नागरिक आन्दाेलनका अगुवाहरू नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेतलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्न पुगेका उनीहरू सहित प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेकाे चिकित्सा शिक्षा आयाेगबाे बैठकले विवादित विएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेकाे विराेधमा उनीहरू बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन गरेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
चिकित्सा शिक्षा आयोगले बैठकले विएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेसंगै चिकित्सा सुधार अभियान्ता सत्याग्रही डाक्टर गाेविन्द केसीले सम्बन्धन नदिन आग्रह गर्दै त्यसाे गरिए पुनः सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् ।
वालुवाटार अगाडि प्रदर्शनका क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेतीलगायत २० जनालाई पक्राउ गरेको हो।
चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको हो।
नागरिक आन्दोलनले सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शनको तयारी गरिरहेकै बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...