धनुषामा एउटै पोखरीमा डुबेर एकै गाउँका ५ किशोरीको मृत्यु – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

धनुषामा एउटै पोखरीमा डुबेर एकै गाउँका ५ किशोरीको मृत्यु


नयाँ बिकल्प,

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामसँग सीमा जोडिएको मुखियापट्टी मुसरनियाँमा शुक्रबार दिउँसो एकैसाथ पाँच जना किशोरीको पोखरीमा डुवेर मृत्यु भएको छ।

धनुषा जिल्लाको मुखियापट्टी मुसरनिया गाउँपालिका वडा नं ६ लक्ष्मीपुर स्थित नयाँ खनेको पोखरीमा डुवेर स्थानीय पाँच किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

स्थानीय हुलास यादवले खनेको नयाँ खनेको ९ फिट गहिरो पोखरीमा नुहाउन गएका सो टोलकी पाँच किशोरी शुक्रबार दिउँसो करिव साडे १२ बजे पोखरमिा डुवेका थिए।

स्थानीय पल्टु यादवको १२ वर्षिया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतको १० वर्षको छोरी चन्द्रा भगत, राजगिर पूर्वेकी अन्दाजी १३ वर्षकी छोरी मञ्जु पूर्वे, जगरनाथ ठाकुरकी नातिनी वर्ष १२ की चाँदनी ठाकुर र उतीम तेलीको छोरी वर्ष १२ की ललिता साह तेली पोखरीमा मृत अवस्थामा भेटिएका हुन्।

एकै टोलमा पाँच जना वालिकाको एउटै पोखरीमा डुवेर मृत्यु भएपछि लक्ष्मिनियाँ सिंगो गाउँ शोकमा डुवेको छ। पीडित परिवार र आफन्तहरुको गाउँमा रुवावासी चलेको छ। जिप्रका धनुषाले अनुसन्धान गरिरहेको भए पनि उनीहरु कसरी पोखरीमा डुबे भन्ने बारेमा खुलेको छैन्।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ २८, १५: ५०

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ २८, १५: ५०

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ २८, १५: ५०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...