प्रतिशोध साध्न गणेश लामा पक्रने प्रहरीले सर्बत्र बिरोधपछि एक दिनमै छाड्यो – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

प्रतिशोध साध्न गणेश लामा पक्रने प्रहरीले सर्बत्र बिरोधपछि एक दिनमै छाड्यो


नयाँ बिकल्प,

पोखरा । नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई आस्थाकै आधारमा बिहीवार दिउँसो पोखराको होटल क्याटवाक रेस्टुरेन्टमा घेरा हालेर लकडाउन उल्लंघनको बहाना बनाइ गिरफ्तार गरेको २४ घण्टा नबित्दै शुक्रबार छाडेको छ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन प्रस्तुत गरेको प्रस्तावमाथि मतदान हुने कार्यसूची भएका बेला काठमाडौंबाट पोखरा आएका लामालाई लेकसाइडको खहरेस्थित पोखरा बुटिकबाट प्रहरीले पक्राउ गरेको थियो।

लामा राजनीतिक चलखेल गर्न पोखरा आएको आशंकामा प्रदेश मुख्यमन्त्री गुरुङ्कै आदेशमा प्रहरी गिरफ्तार गरेको थियो। गण्डकी प्रदेशका खेलकुद मन्त्री दीपक मनाङेलाई भेट्न आउँदा पक्राउ परेका नेता लामालाई रिहाई गर्न शुक्रबार पोखरामा बिशाल प्रदर्शनीको तयार भएको थाहा पाएपछि छाडिएको थियो।

लामासहित तीन जनालाई कुन बहाना र अभियोग लगाएर थुनीराख्ने भन्ने विषय नै नभेटेपछि जिल्ला प्रहरी कार्यालय काश्कीले निषेधाज्ञा उल्लंघन गरेको बहानामा जनही तीन, तीन हजार रुपैयाँ जरिवाना लिएर छाडि दिएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीलाई जरिवाना बुझाएर लामा रिहा भएका हुन्। बिना कारण लामालाई प्रक्राउ गरिएको र सुनियोजित रुपमा फसाउन लागिएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको थियो। लामाकै सल्लाहमा मनाङ्ेले मुख्यमन्त्रीको पक्षमा भोट नदिएको राजनीतिक बृत्तमा चर्चा छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ २८, १६: २७

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ २८, १६: २७

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ २८, १६: २७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...