नीति तथा कार्यक्रम पास गर्न मुख्यमन्त्री पौडेल र अष्टलक्ष्मीको संयुक्त निर्देशन – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

नीति तथा कार्यक्रम पास गर्न मुख्यमन्त्री पौडेल र अष्टलक्ष्मीको संयुक्त निर्देशन


नयाँ विकल्प,


काठमाडाैं-विभाजनकाे संघारमा रहेकाे नेकपा एमाले बागमती प्रदेश सरकारकाे नीति तथा कार्यक्रम पास गर्न भने एक ठाउँमा उभिएकाे छ ।

बागमती प्रदेशको एमालकाे सबैभन्दा बढी विवाद देखिएकाे प्रदेशकाे नीति तथा कार्यक्रम पास गर्न प्रदेशमा एमाले एक ढिक्का भएको हाे ।

शनिबार बिहान बसेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न निर्देशन दिएका छन् ।

शाक्यले सर्वोच्चको फैसलाले एमाले एकताका लागि एक खालको कोशेढुंगा बन्न सक्ने भन्दै एकताको माहौल बनोस् र त्यसको उदाहरणीय काम बागमतिबाटै सुरू होस् भनेर सन्देश दिन आफूहरू एक भएको प्रतिक्रिया दिएकी छन् ।

मुख्यमन्त्रीले पाैडेलले यसअघि सोधेको स्पष्टिकरण लिखित रूपमै फिर्ता लिइसकेकोले दुवै पक्ष एकठाउँमा उभिएका हुन् ।
नेकपा एमाले बागमती प्रदेशका मुख्यमन्त्री तथा दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा शनिबार बैठक बसेको थियो।

बैठकमा एमालेका दुवै पक्षका सांसदहरू सहभागी भएका थिए। नीति तथा कार्यक्रम आज बागमती प्रदेशमा निर्णयार्थ पेस हुँदैछ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ २९, १२: ०२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ २९, १२: ०२

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ २९, १२: ०२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...