अल्पमतमा परेका मुख्यमन्त्रीले नै बहुमत दावी गरेपछि ३१ जना सांसद प्रदेश प्रमुख निवास अगाडि धर्नामा – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
प्रधानमन्त्री ओलीकै शैलिमा मुख्यमन्त्री गुरूङ

अल्पमतमा परेका मुख्यमन्त्रीले नै बहुमत दावी गरेपछि ३१ जना सांसद प्रदेश प्रमुख निवास अगाडि धर्नामा



नयाँ विकल्प,


पाेखरा- शुक्रबार गण्डकी प्रदेश सभामा विश्वासकाे मत नपाएर पदमुक्त भएका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले प्रदेश प्रमुखसंग आफुसंग बहुमत रहेकाे दावी पत्र पेश गरेका छन् ।

गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सकिए पछि मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरूङले पनि आफुसंग बहुमत रहेकाे दावी गरेसंगै केन्द्र सरकार र लुम्विनी प्रदेशमा जस्तै राजनीतिक संकट देखा परेकाे छ ।

अल्पमतमा परि पदमुक्त भइसकेका सुब्बाले पुनः दाबी पेश गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेका छन् ।

नेपाली कांग्रेसका १३ जना, माओवादी केन्द्रका ११ जना, जसपाका २ जना, जनमोर्चाका १ जना र स्वतन्त्र सांसद दीपक मनाङ्गे छन् प्रदेश प्रमुख निवासकाे अगाडि धर्नमा बसेका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ को सरकारका लागि विपक्षी गठबन्धनले ३१ जना सांसद पुर्‍याएपछि गुरूङले समेत नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् ।

मुख्यमन्त्री गुरूङकाे यस्ताे असंवैधानिक र अलोकतान्त्रिक हर्कत भएको भन्दै विपक्षी गठबन्धनका सबै ३१ जना सांसदहरू प्रदेश प्रमुकको निवासमा पुगेका हुन्।

प्रदेश प्रमुखले वैकल्पिक सरकार बनाउन दिएको समयको अन्तिममा शनिबार दिउँसो विघटित सरकारका मुख्यमन्त्री गुरुङले राष्ट्रिय जनमोर्चा नेपालका कृष्ण थापा र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको समर्थन रहेको पत्रका आधारमा दाबी पेश गरेका थिए।

यसअघि शुक्रबार नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका गठबन्धनले स-शरीर उपस्थित भएर नेपाली कांग्रेसको नेतृत्वमा सरकारको दाबी गर्दै बहुमत अर्थात ३१ सदस्यको हस्ताक्षर बुझाइसकेका थिए ।

गुरुङको दाबीले प्रदेशमा नयाँ सरकार बनाउन नदिन र संसद विघटनतिर लैजान चलखेल भइरहेको भन्दैं त्यसलाई रोक्न प्रतिपक्षी दलहरू प्रदेश प्रमुखको पुगेका हुन्।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ २९, १६: ५१

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ २९, १६: ५१

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ २९, १६: ५१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...