
नयाँ बिकल्प,
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेश सभाका चार सदस्यलाई लिएर प्रदेश सरकार गठन गरेका छन्।
प्रदेश प्रमुखले आव्हान गरे बमोजिम प्रदेश सभाका बहुमत ३१ सदस्यको भैतिक उपस्थितिमै शुक्रबार बहुमत दाबी गरेका गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता पोखरेलले मुख्यमन्त्रीको सपथ गरे लगत्तै सानो आकारमा प्रदेश मन्त्रिपरिषद् गठन गरेका हुन्।
मुख्यमन्त्री पोखरेलले आज शनिबार नै कांग्रेस, माओबादी, जनता समाजबादी र स्वतन्त्र गरी चार जना प्रदेश सभा सदस्यलाई मन्त्रिपरिषद्मा समाबेस गरेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन्।
मुख्यमन्त्री पोखरेलले कांग्रेस सांसद कुमार खड्का, स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे), माओबादी केन्द्रकी मधुमायाँ अधिकारी गुरुङ र जनता समाजबादी पार्टीबाट हरिशरण आचार्यलाई मन्त्रीमा नियुक्त गरेका छन्।
प्रदेश मन्त्री बनेका दिपक मनाङे यसअघि पृथ्वी सुब्बा गुरुङको प्रदेश मन्त्रिपरिषद्मा युवा तथा खेलकुद मन्त्री थिए। उनी अघिल्लो सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेसका पोखरेललाई समर्थन गरेका थिए। मन्त्रीमा नियुक्त चारै जनालाई विभागीय जिम्मेवारी दिइएको छैन्।
पहिले भएका सात मन्त्रालयको सख्या बढाएरर ११ बनाइएको छ। ११ वटा मन्त्रालय बनाइएपछि अब कांग्रेस र माओवादीलाई ३–३ जना तथा जसपाबाट १ जना मन्त्री थपिने भएका छन्।
वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गतेसंसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय सीमा तोकेर दाबी पेस गर्न आव्हान गरेकी थिइन्।
मुख्यमन्त्री पोखरेलले ११ वटै मन्त्रालय अर्थ, उर्जा, जलश्रोत तथा खानेपानी, कानून, सञ्चार तथा प्रदेश सभा मामिला, पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति, भूमिव्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था, युवा तथा खेलकुद, वन, वातावरण तथा भू संरक्षण, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास र स्वास्थ्य तथा जनसंख्या आफैसँग राखेका छन्।
असार १ गते नै प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्नु पर्ने समयको चापका कारण पहिलो चरणमा सबै दलका एक, एक जनालाई मन्त्रिपरिषद्मा राखेर मन्त्रिमण्डल गठन गरिएको बुझिएको छ।
पदभारग्रहण लगत्तै मुख्मन्त्री पोखरेलका २ निर्णय
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदभार ग्रहण गरेलगत्तै दुईवटा निर्णयहरु गरेका छन्। उनले शनिबार बेलुका मनसुन सुरु भएसँगै विपद्बाट हुन सक्ने जनधनको क्षति कम गर्न प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेका छन्।
पोखरेलले महिलाहरुको स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय गरेका हुन्।

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...