नेप्सेमा उछालः करिव २० अर्बको कारोबार हुँदा ३ दर्जन कम्पनीको शेयरमा सकारात्मक सर्किट – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

नेप्सेमा उछालः करिव २० अर्बको कारोबार हुँदा ३ दर्जन कम्पनीको शेयरमा सकारात्मक सर्किट


नयाँ बिकल्प,

काठमाडौं । नेपालको धितोपत्र बजारमा कारबाारको पहिलो दिन आइइतबार नेप्से सूचक र कारोबार रकम दुबैले पुनः नयाँ रेकर्ड बनाएको छ ।
नेप्से परिसूचक आईतबार ३८.३२ अंकले बढेर २९८३.११ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बन्द विन्दु हो ।

आज बजारमा २२० कम्पनीको १ लाख ८२ हजार ४३० पटकको कारोबारमा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार रुपैयाँ बराबरको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर खरिदबिक्री भएको छ ।

यसभन्दा अघिको बजारमा १७ अर्ब बराबरको शेयर खरिदबिक्री भएको थियो । आइतबार सेन्सेटिभ इण्डेक्स पनि ११.५४ अंक बढेर ५३९.४१ विन्दुमा पुगेको छ ।

दर्जन बढी कम्पनीको शेयरमा सकारात्मक सर्किट

आज नेप्से र कारोबार रकमले नयाँ रेकर्ड कायम गरेसँगै ३ दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये विकास बैंक, फाइनान्स कम्पनी, जलविद्युत कम्पनी र होटलहरु रहेका छन् । यस दिन श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, समृद्धि फाइनान्स, आईसीएफसी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्य यस दिन १० प्रतिशत बढेको छ ।

नेप्सेमा रहेका १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ८.२४ प्रतिशत बढेको छ । वित्त उपसमूहको परिसूचक ७.१४ प्रतिशत, जलविद्युतको ६.१ प्रतिशत र होटल तथा पर्यटनको ४.७३ प्रतिशत बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ६६ करोड ९० लाख ९५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । लुम्बिनी विकास बैंक र नेशनल हाइड्रोपावर कम्पनीको ५० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ ३०, १६: ४१

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ ३०, १६: ४१

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ ३०, १६: ४१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...