प्रधानमन्त्री र दुई मन्त्रीबाट आयोगका उपाध्यक्ष गिरी असुरक्षीत भएको भन्दै जीवन रक्षाको माग – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्वन्धन प्रकरण

प्रधानमन्त्री र दुई मन्त्रीबाट आयोगका उपाध्यक्ष गिरी असुरक्षीत भएको भन्दै जीवन रक्षाको माग



नयाँ बिकल्प,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्य मन्त्री शेरबहादुर तामाङलाई समेत प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बोलाएर चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई आफूले भने बमोजिमको निर्णयमा हस्ताक्षर गर्न धम्की दिएका छन्।

तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको भात खुवाएर दुई पार्टी एकीकरण गरेको भन्दै चर्चा बटुलेका दुर्गा प्रसाईंको प्रभावमा परी प्रधानमन्त्री र दुई मन्त्रीले यस्तो धम्की दिएको बताइएको छ।

झापाको बिर्तामोडमा प्रसाईद्वारा संचालित बिएण्डसी अस्पताललाई प्रक्रिया मिचेर जुनसुकै हालतमा सम्वन्धन दिन पप्रधानमन्त्री आफै अध्यक्ष रहने आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीलाई सम्बन्धन दिन दबाब दिएको भन्दै बृहत् नागरिक आन्दोलन र सोलिडारिटी फर डा. केसी अलायन्सले भत्र्सना गरेको हो।

अलायन्सले उपाध्यक्ष गिरीलाई प्रधानमन्त्री ओली र दुई मन्त्री श्रेष्ठ र तामाङकै सामुन्ने बालुवाटार बोलाएर प्रक्रिया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न दबाब दिएको भन्दै गिरीको भौतिक सुरक्षाको माग समेत गरेको छ ।

प्रधानमन्त्री र मन्त्रीद्वयले आयोगका उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर गर्ने भए गर्ने नत्र खुरुक्क राजीनामा दिनु भन्दै धम्की दिएका छन् । प्रधानमन्त्री र मन्त्रीद्वयको धम्कीका कारण उपाध्यक्ष गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको भन्दै अलायन्सले सुरक्षाको लागि अपिल गरेको छ।

‘राज्यशक्तिको चरम दुरुपयोग गर्दै देशका प्रधानमन्त्री र मन्त्रीहरूले नै एउटा स्वायत्त निकायका कार्यकारी प्रमुखमाथि गरेको यस्तो ज्यादती भत्र्सनायोग्य छ’ विज्ञप्तिमा भनिएको छ, ‘मेडिकल शिक्षालाई सीमित नाफाखोर आसेपासेको हातमा सुम्पेर देशको स्वास्थ्य प्रणाली नै धराशायी पार्ने चेष्टा स्वयम्मा भत्र्सनायोग्य छँदैछ, एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासलाई नै गुण्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक छ ।’

अलायन्सले डा. गिरीको जीवनरक्षा अहिले मुख्य चिन्ता बनेको दाबी गर्दै चिकित्सा शिक्षा आयोगको स्वायत्तता र डा. गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गरेको छ।

चिकित्सा शिक्षा आयोगको जेठ २८ को बैठकपछि कुनै निर्णय नभएको र छलफल मात्र भएको भनिएको थियो । बैठकमा बीएण्डसी मेडिकल कलेजको सम्बन्धनबारे छलफल निष्कर्षविहीन भएको थियो। विज्ञ सदस्यहरूले आवश्यक प्रक्रिया पुर्याएर मात्रै सम्बन्धन दिनुपर्ने राय सार्वजनिक भएको थियो।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ ३०, १८: ४१

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ ३०, १८: ४१

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ ३०, १८: ४१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...