कांग्रेसद्वारा थप ३३ जिल्लाका ६५निर्वाचन क्षेत्रका क्रियाशिल सदस्यको नामावली प्रकाशन – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

कांग्रेसद्वारा थप ३३ जिल्लाका ६५निर्वाचन क्षेत्रका क्रियाशिल सदस्यको नामावली प्रकाशन

नयाँ बिकल्प,

काठमाडाैं । नेपाली कांग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने पार्टीको १४ औं महाधिवेशन प्रयोजनाका ३३ जिल्लाका ६५ निर्वाचन क्षेत्रका जिल्ला र क्षेत्रिय कार्यसमितिले सिफारिस गरे पठाएका क्रियाशिल सदस्यहरुको नामावली प्रकाशन गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका सचिव केशव रिजालले सोममार ति ६५ क्षेत्रका क्रियाशिल सदस्यहरुको नामावली सार्वजनिक गरेका हुन्।

कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको जेठ २९ गतेको बैठकको निर्णय अनुसार, पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्र बमोजिम प्रक्रिया पु¥याई विवादरहित तरिकाले जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको क्रियाशिल सदस्यहरुको नाम सार्वजनिक गरेको हो।

सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप ३३ जिल्लाका ६५ स्थानको नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि, पार्टीको आधिकारिक वेभसाईटमासार्वजनिक गरिएको हो। यसअघि एक सय एक स्थानको सार्वजनिक गरी सकिएको थियो।

सोमबार सार्वजनिक गरिएका र यस अघि सार्वजनिक गरिएका नामावली उपर कुनै उजुरी, गुनासा वा सुझाव भएमा यस समितिको नाममा पार्टीको इमेल ठेगानामार्फत वा सम्बन्धित पार्टी निकाय वा व्यक्तिले यही असार ६ गतेभित्र स–प्रमाण लिखित उजुरी, गुनासो पठाउन पार्टीले आव्हान गरेको छ।

असार ६ गतेपछि प्राप्त उजुरीउपर कुनै सुनुवाई नहुने भन्दै समितिले यस सम्वन्धमा कुनै जानकारी लिन चाहिएमा पार्टी कार्यालयका सचिव डा. प्रदिप पराजुली र केशव रिजाल तथा रामचन्द्र घिमिरेसँग सम्पर्क गर्न पार्टीले सूचित गरेको छ।

सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटि भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले र नवीकरण तर्फको जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाण सहित त्रुटि सच्याइदिनका लागि वा नाम समावेश गरिदिनका लागि असार ६ गतेभित्र नै लेखि पठाउनु पर्ने पार्टीले जनाएको छ।

केन्द्रबाट क्रियाशील सदस्यताको प्रस्तावित नामावली सार्वजनिक गरिएका सबै जिल्ला र क्षेत्रले आफू अन्तर्गतका वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनधि सभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपी, क्रियाशील सदस्यताको कम्प्युटर इन्ट्री गरेको प्रस्तावित नामावलीको प्रमाणित सूची, सदस्यता शुल्क, सहयोग रकम (लेवी) जम्मा गरेको भौचर÷आवश्यक कागजात विवरण पठाउन समितिले निर्देशन दिएको छ।

छानबिन समितिले त्यस्ता विवरणहरु क्षेत्रीय कार्यसमितिले जिल्लामार्फत केन्द्रमा र जिल्ला कार्यसमितिले आफ्नो जिल्ला भरिको क्रियाशील सदस्यता सम्बन्धी केन्द्रबाट पठाइएको परिपत्र बमोजिमको र सम्पूर्ण प्रक्रिया पु¥याई उल्लेखित सम्पूर्ण कागजात विवरण एक हप्ताभित्र अनिवार्य केन्द्रमा सक्कल कागजात तत्काल केन्द्रीय कार्यालयमा पठाउन वा इमले ठेगानामा पठाउन आव्हान गरेको छ।

प्रनिधिसभा क्षेत्रीय कार्यसमितिको सिफारिसमा जिल्ल कार्यसमितिले पठाएका नामावली यस प्रकार छ –

प्रदेश नं. १
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ मोरङ—१ नवीकरण÷नयाँ
२ मोरङ—२ नवीकरण÷नयाँ
३ मोरङ—३ नवीकरण÷नयाँ
४ मोरङ—४ नवीकरण÷नयाँ
५ मोरङ—६ नवीकरण÷नयाँ
६ सोलुखुम्बु नवीकरण÷नयाँ
७ सुनसरी—२ नवीकरण÷नयाँ
८ धनकुटा नवीकरण÷नयाँ

प्रदेश नं. २
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ सिरहा—१ नवीकरण÷नयाँ
२ सिरहा—२ नवीकरण÷नयाँ
३ सिरहा—४ नवीकरण÷नयाँ
४ महोत्तरी—३ नवीकरण÷नयाँ
५ सर्लाही—२ नवीकरण÷नयाँ
६ सर्लाही—३ नवीकरण÷नयाँ
७ सर्लाही—४ नवीकरण÷नयाँ
८ रौतहट—१ नवीकरण÷नयाँ
९ रौतहट—२ नवीकरण÷नयाँ
१० रौतहट—४ नवीकरण÷नयाँ
११ पर्सा—१ नवीकरण÷नयाँ
१२ पर्सा—२ नवीकरण÷नयाँ
१३ पर्सा—३ नवीकरण÷नयाँ
१४ धनुषा—२ नवीकरण÷नयाँ
१५ धनुषा—३ नवीकरण÷नयाँ
१६ धनुषा—४ नवीकरण÷नयाँ

बागमती प्रदेश
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ काठमाडौं—२ नवीकरण÷नयाँ
२ काठमाडौं—३ नवीकरण÷नयाँ
३ काठमाडौं—५ नवीकरण÷नयाँ
४ काठमाडौं—६ नवीकरण÷नयाँ
५ काठमाडौं—७ नवीकरण÷नयाँ
६ काठमाडौं—८ नवीकरण÷नयाँ
७ काठमाडौं—९ नवीकरण÷नयाँ
८ काठमाडौं—१० नवीकरण÷नयाँ
९ मकवानपुर—१ नवीकरण÷नयाँ
१० भक्तपुर—१ नवीकरण÷नयाँ
११ ललितपुर—१ नवीकरण÷नयाँ
१२ ललितपुर—३ नवीकरण÷नयाँ
१३ नुवाकोट—१ नवीकरण÷नयाँ
१४ नुवाकोट—२ नवीकरण÷नयाँ
१५ धादिङ—२ नवीकरण÷नयाँ
१६ रामेछाप नवीकरण÷नयाँ

गण्डकी प्रदेश
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ तनहुँ—२ नवीकरण÷नयाँ
२ स्याङ्जा—१ नवीकरण÷नयाँ
३ स्याङ्जा—२ नवीकरण÷नयाँ
४ पर्वत नवीकरण÷नयाँ
५ मुस्ताङ नवीकरण÷नयाँ
६ नवलपुर—२ नवीकरण÷नयाँ

लुम्बिनी प्रदेश
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ बाँके —१ नवीकरण÷नयाँ
२ ?पन्देही—१ नवीकरण÷नयाँ
३ ?पन्देही—३ नवीकरण÷नयाँ
४ ?पन्देही—४ नवीकरण÷नयाँ
५ दाङ—१ नवीकरण÷नयाँ
६ दाङ—२ नवीकरण÷नयाँ
७ दाङ—३ नवीकरण÷नयाँ

कर्णाली प्रदेश
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ जुम्ला नवीकरण÷नयाँ
२ सुर्खेत—१ नवीकरण÷नयाँ
३ सुर्खेत—२ नवीकरण÷नयाँ
४ डोल्पा नवीकरण÷नयाँ
५ सल्यान नवीकरण÷नयाँ

सुदूरपश्चिम प्रदेश
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ अछाम—२ नवीकरण÷नयाँ
२ कैलाली—१ नवीकरण÷नयाँ
३ कैलाली—२ नवीकरण÷नयाँ
४ कैलाली—४ नवीकरण÷नयाँ
५ कैलाली—५ नवीकरण÷नयाँ
६ बझाङ नवीकरण÷नयाँ
७ बैतडी नवीकरण÷नयाँ

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ ३१, १७: १५

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ ३१, १७: १५

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ ३१, १७: १५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...