ओलीले खनाल-नेपालसहितको स्थायी कमिटी बैठक बोलाउँदै – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
प्रधानमन्त्री पद जाेगाउने ओलीकाे अर्काे चालवाजी !

ओलीले खनाल-नेपालसहितको स्थायी कमिटी बैठक बोलाउँदै


नयाँ विकल्प,


काठमाडाैं-प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरूलाई पनि डाकेर स्थायी कमिटी बैठक बोलाउने भएका छन्।


खनाल-नेपाल समूहका नेताहरू पनि सहभागी हुने गरी स्थायी कमिटी बैठक बोलाउन पछिल्ला दिनहरूमा अनौपचारिक छलफलहरू भइरहेका छन्।

पार्टी एकताका लागि छ बुँदे प्रस्ताव सार्वजनिक गरेका ओलीले साेही अनुसार स्थायी कमिटीकाे बैठक बाेलाउने तयारी गरेका हुन् ।

यसअघि एमाले अध्यक्ष ओलीले जेठ २३ मा वक्तव्य जारी गर्दै पार्टीभित्रको विवाद समाधानका लागि छ बुँदे प्रस्ताव अघि सारेका थिए। अध्यक्ष ओलीले खनाल-नेपाल पक्षक सांसदहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिए आफू जेठ ३ अघिको अवस्थामा फर्कन तयार रहेको बताएका थिए।

२०७५ जेठ ३ मा तत्कालीन नेकपा माओवादी केन्द्र र एमालेबीच एकता भएको थियो। अहिले पनि केही पूर्वमाओवादी नेताहरू एमालेमा छन्। ओलीले बैठकमा बोलाउने तयारी गरे पनि अहिलेकै अवस्थामा खनाल-नेपाल पक्षका नेताहरू स्थायी कमिटी बैठकमा सहभागी हुन्छन् कि हुन्नन् भन्ने एकिन भइसकेको छैन।

खनाल-नेपाल समूहले यसअघि नै ओलीको ६ बुँदे प्रस्ताव चालबाजीमात्र भएको बताइसकेको छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार १, १०: ५३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार १, १०: ५३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार १, १०: ५३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...