गण्डकीका मुख्यमन्त्रीलाई कांग्रेस प्रवक्ताकाे खुला पत्रः दलकाे नेता भएपनि तपाई सबैकाे मुख्यमन्त्री हाे – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

गण्डकीका मुख्यमन्त्रीलाई कांग्रेस प्रवक्ताकाे खुला पत्रः दलकाे नेता भएपनि तपाई सबैकाे मुख्यमन्त्री हाे

नयाँ विकल्प


काठमाडाैं-नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिलो मुख्यमन्त्री भएका गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका कृष्णचन्द्र नेपाली पोखरेललाई खुला पत्र पठाएका छन्।,


आज पत्र पठाएका शर्माले प्रदेशलाई राम्रो बनाउन आग्रह गरेका छन्।सोचेर बोल्न, विज्ञका कुरा सुनेर सहि निर्णय गर्न पनि शर्माले मुख्यमन्त्री नेपालीलाई आग्रह गरेका छन्।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र सांसदको सहयोगमा विपक्षी गठबन्धनबाट कांग्रेसका नेपाली मुख्यमन्त्री भएका थिए।

यस्तो छ पत्र:

श्री कृष्णचन्द्र नेपालीज्यू,

मुख्यमन्त्री गण्डकी प्रदेश।

बधाई तथा शुभकामनासहित संक्षिप्त सुझाव

अक्सिजन सकिएर पोखराको अस्पतालमा जीवन गुमाएकी सुत्केरी अनि खर्च अभावमा अस्पतालबाट निकालिएको २१ दिनको शिशुलाई बजेट निर्माण गरिरहँदा सम्झनु नै हुनेछ।

यतिबेलाको शासकीय जिम्मेवारी, राजनीतिक दायित्व अनि कर्तव्य र बाटो बुझ्न भिन्न दुई परिवारका यी दुई अनुहार पर्याप्त छन्।

समय संवेदनशील छ। राम्रो सावित हुन धेरै राम्रो गर्नुपर्छ। आलोचित हुन एक गल्ती या एउटा भ्रम काफी हुन्छ। त्यसैले छायाको होइन ऐनाको सुझाव लिनुहोस्।

हेक्का रहोस् तपाईंको कर्मसँग पार्टीको आगामी छवि गाँसिन्छ।

तर नभुल्नोस् संसदीय दलको नेता एउटा पार्टीको हुन्छ, मुख्यमन्त्री सबैको। प्रदेश सरकारको औचित्य स्थापित गर्ने अवसरलाई सकारात्मक सन्देशले प्राण भर्नुहोस्।

प्रश्नलाई प्रोत्साहित र आलोचनालाई स्वागत गर्नुहोस्। तिनको प्रकाशमा रूपान्तरण निश्चित गर्नुहोस्। राजनीतिप्रतिको वितृष्णा कम गर्न तब योगदान पुग्नेछ।

गलत निर्णय नगर्न, सच्याउन र नकारात्मक प्रचार चिर्न संयोजन गर्नुहोस्। सहि निर्णय गर्न विज्ञलाई सुन्नुहोस्। जान्नुहुन्छ नै- पद आउँछ, जान्छ तर स्मृतिमा रहन्छ कर्महरू। इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राख्नुहोस्।

  • विश्वप्रकाश शर्मा

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार १, १२: ३८

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार १, १२: ३८

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार १, १२: ३८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...