शेयरमा चलखेल गरी ३ सय प्रतिशतसम्म मुल्य बढाउने ५१ कम्पनीको नाम सार्वजनिक – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
दैनिक १९ अर्बको कारोबार गर्ने शेयर बजार अब के होला?

शेयरमा चलखेल गरी ३ सय प्रतिशतसम्म मुल्य बढाउने ५१ कम्पनीको नाम सार्वजनिक



नयाँ बिकल्प,

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर बजारमा बदमासी र चलखेल गरी ३ सय प्रतिशतसम्म मुल्य बृद्धि गर्ने ५१ वटा कम्पनीको नामावली मंगलबार सार्वजनिक गरेको छ।

पछिल्लो दुई सातादेखि शेयर बजारमा मुल्यबृद्धि दोहोर अंकले भइरहेको छ भने लगानी पनि दैनिक १९ अर्ब रुपैयाँ बराबरको भइरहेको छ। लगानीकर्ता शेयरमा भुम्मिरहेको बेला सेयर बजारमा चलखेल गरेर सेयर मूल्य बढाएको भन्दै बोर्डले ति ५१ कम्पनीको नाम नै सार्वजनिक नै गरेको हो।

धितोपत्र बोर्डले यसरी अत्यधिक मुल्य बृद्धि गराउने बैंक, वित्तीय संस्था, लगानी, जलविद्युत तथा विविध क्षेत्रका ५१ वटा कम्पनीहरुको नाम सार्वजनिक गरेको हो। बोर्डले ति कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बताएको छ।

बोर्डले शेयर कारोबार गर्दा धितोपत्रमा निहीत जोखिम रहेका कम्पनीहरु सार्वजनिक गरेको हो। विगत एक वर्षको अन्तरालमा सूचिकृत संगठित संस्थाहरुको मुल्य वृद्धि तीन सय प्रतिशत र सो भन्दा बढी प्रतिशतले बढाएका थिए।

ती कम्पनीको मुल्य आम्दानी अनुपात १०० र सो भन्दा बढी भएका प्रतिशेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्य भएका, प्रति शेयर अंकित मूल्यभन्दा प्रति शेयर नेटवर्थ कम भएका बर्तमान वित्तीय क्षमताको मूल्यांकनसमेतका आधारमा कम्पनीहरु जोखिमपूर्ण रहेको बोर्डको ठहर छ।

जोखिम रहेका ५१ वटा कम्पनीहरुको सूची यस्तो छ –

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार १, १७: २३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार १, १७: २३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार १, १७: २३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...