
नयाँ विकल्प,
काठमाडाैं- प्रतिनिधिसभा पुनर्स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै देउवासहित १४९ सांसदले दिएको रिटमा निवेदकका वकिलको बहस आज सकिदैछ।देउवाका वकिलको बहस आज सकिँदै छ ।
उनीहरूले साढे चार घण्टामा २३ जनाले गर्नेछन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा बुधवारदेखि बहस सुरू भएको थियो।
आज देउवाको रिटपक्षका वकिलले बहस गर्नेछन्। उनीहरूलाई अदालतले दिएको सुरू बहसको १२ घण्टा समयमध्ये अब साढे ४ घण्टा बाँकी छ। आजको बहस बरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले सुरू गर्ने छन् भने अन्तिममा बरिष्ठ अधिवक्ता सतिस कृष्ण खरेलको बहस छ।
अधिवक्ता गोविन्द बन्दीका अनुसार आज उनीहरू बाहेक अधिवक्ताहरू सुनिल पोखरेल, दिनमणि पोखरेल, टिकाराम घट्टराई, भिमार्जुन आचार्य, ओमप्रकाश अर्याल र बरिष्ठ अधिवक्ता सविता भण्डारी सहित २३ जनाले बहस गर्नेछन्।
२३ जना वकिललाई तीनदेखि तीस मिनेटसम्मको समय छुट्याइएको छ। अन्तिममा बहस गर्ने वरिष्ठ अधिवक्ता खरेलले मात्र तीस मिनेट बहस गर्न पाउनेछन्। अरूले भने कसैले तीन कसैले पाँच कसैले दश र कसैले १५ मिनेट समय पाएका छन्।
अदालतले उनीहरूलाई सुरू बहस गर्न १२ र जवाफी बहसका लागि ३ घण्टा समय दिएको थियो। त्यो मध्ये सुरूको १२ घण्टामा साढे सात घण्टाको समय सकिएको छ। बाँकी साढे ४ घण्टा छ। आइतबारदेखि यो रिटमा महान्यायाधीवक्ता कार्यालयका वकिलको बहस हुनेछ।
उनीहरूले भने साढे सात घण्टामा ११ जनाले बहस गर्नेछन्। त्यसपछिको साढे सात घण्टा प्रधानमन्त्री केपी शर्मा र सभामुख अग्नी सापकोटाका वकिलले बहस गर्ने पालो आउनेछ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...